एसईईको नतिजा आज साँझ ५ः३० बजे प्रकाशित हुने

एसईईको नतिजा आज साँझ ५ः३० बजे प्रकाशित हुने

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • images
    images
    एसईईको नतिजा आज साँझ ५ः३० बजे प्रकाशित हुने
    images
    images

    काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् । 

    बोर्डको पहिलो चरणको बोर्ड बैठक सकिएलगत्तै शर्माले सो जानकारी दिएका हुन् ।   प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

    नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले जनाएको छ । बोर्डको अर्को बैठक अपराह्न चार बजे बस्नेछ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

    परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com