भिजिट भिसाको छानबिन गर्न बैरागीको नेतृत्वमा बन्यो समिति, यस्ता छन् मन्त्रिपरिषद्को १५ निर्णयहरू

भिजिट भिसाको छानबिन गर्न बैरागीको नेतृत्वमा बन्यो समिति, यस्ता छन् मन्त्रिपरिषद्को १५ निर्णयहरू

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • भिजिट भिसाको छानबिन गर्न बैरागीको नेतृत्वमा बन्यो समिति, यस्ता छन् मन्त्रिपरिषद्को १५ निर्णयहरू

    काठमाडौँ / सरकारले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा अध्ययन तथा छानविन गर्न समिति बनाएको छ । सरकारले नेपाल सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरूसहित सात सदस्यीय अध्ययन तथा छानबिन समिति बनाएको हो ।

    images
    images

    असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । 

    यसैगरी, सरकारले असार १५ गतेदेखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने Unlocking Water and Sanitation Financing Through the Heads of State Initiative विषयक कार्यक्रममा सहभागी हुन माननीय खानेपानीमन्त्री प्रदीप यादवलाई सहभागी हुन स्वीकृत गरेको छ । 

    सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गरेको छ । 

    असार १३ गतेदेखि असार २९ गतेसम्म इटालीको रोममा आयोजना हुने 44th Session of the FAO Conference तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्धनसम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा जाने भएकी छन् । 

    विस्तृतमा हेर्नुस् 

    0.jpg00.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय