बितामोडमा SML Isuzu को ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

बितामोडमा SML Isuzu को ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

मंगलवार, असार १० २०८२
मंगलवार, असार १० २०८२
  • images
    images
    बितामोडमा SML Isuzu को ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
    images
    images

    बितामोड/ SML Isuzu सवारीसाधनका लागि नेपालमा एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि.ले झापाको बितामोडमा भव्य रुपमा "ग्राहक भेटघाट कार्यक्रम २०२५" सम्पन्न गरेको छ।

    कार्यक्रममा झापा लगायतका विभिन्न क्षेत्रका १५० भन्दा बढी उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लक्ष्मी कमर्सियलले जापानी प्रविधिमा आधारित तथा भारतमा उत्पादित SML Isuzu ब्रान्डका बस र ट्रकहरूको बिक्री, सेवा र स्पेयर पार्ट्स एकै छानामुनि उपलब्ध गराउँदै आएको जानकारी गराइयो।

    कार्यक्रमको सुरुमा लक्ष्मी ग्रुप र SML Isuzu कम्पनीको बारेमा जानकारी दिइयो। त्यसपछि कम्पनीका बस इनचार्ज रामहरी थपिल्याले SML Isuzu सवारीसाधनको प्रविधिक विशेषता र क्षमताका बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

    सेल्स तथा अफ्टर सेल्स हेड सन्देश खड्काले सेवा विस्तार, ग्राहक सन्तुष्टि र दीर्घकालीन सहकार्यमा केन्द्रित रहँदै, कम्पनी सदैव ग्राहकमैत्री र सुझावप्रति संवेदनशील रहेको बताए। उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

    कम्पनीका अनुसार, ग्राहक सन्तुष्टि र साझेदारी सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमबाट झापा क्षेत्रमा SML Isuzu प्रतिको विश्वास झनै मजबुत भएको छ।

    भविष्यमासमेत यस्ता कार्यक्रमहरू मार्फत ब्रान्डको गुणस्तर, सेवा तथा बिक्रीपछिको सुविधाको जानकारी प्रदान गरिने योजना रहेको कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com