हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा EV सार्वजनिक, ग्राहकको उत्साहजनक प्रतिक्रिया र उल्लेखनीय सहभागिता

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा EV सार्वजनिक, ग्राहकको उत्साहजनक प्रतिक्रिया र उल्लेखनीय सहभागिता

मंगलवार, असार १० २०८२
मंगलवार, असार १० २०८२
  • हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा EV सार्वजनिक, ग्राहकको उत्साहजनक प्रतिक्रिया र उल्लेखनीय सहभागिता

    नेपालगञ्ज नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नेपालगञ्जमा आयोजित विशेष कार्यक्रममा नयाँ विद्युतीय गाडी क्रेटा EV सार्वजनिक गरेको छ। स्थानीय डिलर हिम इन्टरकन्टिनेन्टल प्रा.लि. को संयोजनमा नेपालगञ्जस्थित पिस सिद्धार्थ कटेज रेस्टुरेन्टमा आयोजना गरिएको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको छ।

    images
    images

    कार्यक्रममा सहभागी उपभोक्ताहरूले हुन्डाईप्रति उच्च विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा ४ भन्दा बढी युनिट क्रेटा EV को तत्काल बुकिङ्ग कन्फर्म हुनु र त्यसमध्ये ४ वटा युनिट कार्यक्रममै हस्तान्तरण हुनु हुन्डाईप्रतिको विश्वासको उदाहरण बनेको छ।

    कम्पनीका अनुसार, नयाँ क्रेटा EV ले विद्युतीय सवारीबारे अन्योलमा रहेका उपभोक्तालाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। यस मोडलमा क्रेटा ICE जस्तै प्लेटफर्मको प्रयोग भएकाले सर्भिस, पार्ट्स, मर्मत र दीर्घकालीन साथबारे कुनै पनि चिन्ता लिनु नपर्ने कम्पनीको दाबी छ।

    साथै, हुन्डाई नेपालले EV इकोसिस्टम बलियो बनाउने अभियान अन्तर्गत देशभर ६६ स्थानमा RE-Lax चार्जिङ स्टेसनहरू (DC र AC) सञ्चालनमा ल्याएको छ। यसले ग्राहकहरूलाई विद्युतीय गाडी खरिदमा थप सहजता ल्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीसम्बन्धी विस्तृत जानकारी प्रदान गरे। ग्राहकहरूको हुन्डाई ब्रान्डप्रतिको क्रेज, सहभागिता र विश्वास उल्लेखनीय रहेको आयोजकको निष्कर्ष छ।

    लक्ष्मी इन्टरकन्टिनेन्टल र हिम इन्टरकन्टिनेन्टलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी सबै महानुभावप्रति आभार व्यक्त गर्दै, कम्पनीले देशभर ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने र स्वच्छ तथा स्मार्ट भविष्य निर्माणमा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय