काठमाडौं/ नेपालको डिजिटल वित्तीय क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ।
अग्रणी डिजिटल वालेट ‘खल्ती’ले मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ नामक सुविधा सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै मोबाइल वालेटबाटै रिकरिङ डिपोजिट ९च्म्० खाता खोल्न सक्नेछन्।
यो सुविधा नेपालको वालेट क्षेत्रमै पहिलो पटक सार्वजनिक भएको हो, जसले निश्चित समयका लागि निश्चित रकम नियमित रूपमा बचत गर्न अनुमति दिन्छ।
न्यूनतम रु १०० बाट सुरु गर्न मिल्ने यस सेवामा प्रयोगकर्ताले दैनिक, साप्ताहिक वा मासिक अन्तराल र ६ महिना देखि ६० महिनासम्मको अवधिसमेत चयन गर्न सक्छन्।
नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार सञ्चालन हुने यस सेवाको ब्याजदर मञ्जुश्री फाइनान्सले मासिक रूपमा प्रकाशित गर्ने च्म् दर अनुसार हुनेछ।
डिपोजिटको सम्पूर्ण प्रक्रिया खल्ती एप मार्फत ट्र्याक गर्न सकिनेछ, भने जम्मा रकम मञ्जुश्री फाइनान्सको खातामा राखिनेछ।
खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहाल भन्छन्, “स्मार्ट डिपोजिटले प्रयोगकर्तालाई बचतको बानी बसाल्ने मात्र होइन, डिजिटल माध्यमबाट अनुशासित वित्तीय व्यवहारमा अभ्यस्त गराउनेछ।”
यस्तै, मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिलसिना ले भने, “यस प्रविधिमैत्री सहकार्यले प्रयोगकर्तालाई अब फाइनान्स कार्यालयमा जानुपर्ने झन्झट हटाइदिएको छ।
डिजिटल खातामार्फत उनीहरूले समय र श्रम दुबै बचत गर्न सक्नेछन्।”
रिकरिङ डिपोजिट लाई दीर्घकालीन बचत र लगानीका लागि प्रभावकारी साधन मानिन्छ। यस खालका डिजिटल वित्तीय सेवा सुविधाहरूले ‘डिजिटल नेपाल’ अभियानलाई थप बल पुर्याउने विश्लेषकहरू बताउँछन्।