कुवेती दिनार एकको खरिददर ४५२, बहराइनको ३६७, कतारी रियाल ३८ रुपियाँ, खाडी क्षेत्रको कुन कति ?

कुवेती दिनार एकको खरिददर ४५२, बहराइनको ३६७, कतारी रियाल ३८ रुपियाँ, खाडी क्षेत्रको कुन कति ?

मंगलवार, असार १० २०८२
मंगलवार, असार १० २०८२
  • images
    images
    कुवेती दिनार एकको खरिददर ४५२, बहराइनको ३६७, कतारी रियाल ३८ रुपियाँ, खाडी क्षेत्रको कुन कति ?
    images
    images

    काठमाडौं/  तपाई विदेशी मुद्रा खरिद गर्दै हुनुहुन्छ भने आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ५१ पैसा र बिक्री दर १३९ रुपियाँ ११ पैसा रहेको छ । 

    यस्तैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३७ पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ४८ पैसा र बिक्रीदर १०० रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १२ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा तोकिएको छ । 
    नेपाल राष्ट्र बैंकले प्रत्येक दिन विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दछ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर १० रुपियाँ, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७ रुपियाँ ७२ पैसा निर्धारण गरिएको छ ।

    साथै, युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७९ पैसा र बिक्रीदर १५९ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपियाँ २९ पैसा र बिक्रीदर १८६ रुपियाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ १९ पैसा र बिक्रीदर १६९ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २९ पैसा र बिक्रीदर २१ रुपियाँ ३८ पैसा तोकिएको छ ।

    त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ आठ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २५ पैसा र बिक्रीदर ३२ रुपियाँ ३९ पैसा कायम भएको छ ।

    त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा रहेको छ ।

    कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ छ पैसा र बिक्रीदर ४५४ रुपियाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ११ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ३० पैसा रहेको छ ।
    अमेरिकाले इरान आक्रमण गरेपछि त्यहाँको विश्व अर्थतन्त्रमा पर्ने प्रभावले विनिमयदरमा पनि असर पर्दछ । आज राती इरानले जवाफी कारबाही स्वरुप कतारलागायत विभिन्न अमेरिकी बेसक्याम्पहरुमा मिसाइल हानेको छ । यसले विश्व अर्थतन्त्रमा अझै संकट देखिने एजेन्सीहरुले बताएका छन् जसले खाडी मुलुकको अर्थतन्त्रमा विशेष असर पर्न सक्छ । त्यसले मुद्रा बिनिमयदरलाई प्रभावित बनाउँछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com