प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सोमवार, असार ९ २०८२
सोमवार, असार ९ २०८२
  • प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images
    images

    अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाही विरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ ।

    यसैगरी अस्पतालमा रहेको कुमारी बैङ्कका एक्सटेन्सन काउन्टरको तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय