इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरिका भित्रै विरोध

इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरिका भित्रै विरोध

आइतवार, असार ८ २०८२
आइतवार, असार ८ २०८२
  • images
    images
    इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरिका भित्रै विरोध
    images
    images

    काठमाडौं/ अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरिका भित्रै ब्यापक विरोध हुन थालेको छ । 

    इजरायल–इरान बिच भइरहेको युद्धमा अमेरिका प्रवेश गरेको छ । आईतबार अमेरिकाले इरानका तीन आणविक केन्द्रहरुमा आक्रमण गरेको हो । अमेरिकी राट्रपति डोनाल्ड जे. ट्रम्पले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    ‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन् । हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन् । बम फोर्डोमा खसालिएको थियो । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा यस्तो गर्न सक्ने अर्को कुनै सेना छैन । अब शान्तिको समय हो ।’

    तर, ट्रम्पको यस्तो कदमको अमेरिका भित्रै र विश्वका अन्य मुलुकका नेताहरुले समेत विरोध गरिरहेका छन् । अमेरिकी सांसदहरूले कंग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन् ।

    बिबिसी न्युजले उल्लेख गरे अनुसार इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई ‘अपमानजनक’ भन्दै निन्दा गरेका छन् । उनले इरानले ‘आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको’ बताएका छन् ।

    हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवद्र्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com