२२ करोड रुपैयाँ ठेक्कामा निर्माणाधिन तामाकोशीको पुल पुरा नहुँदै भत्कियो

२२ करोड रुपैयाँ ठेक्कामा निर्माणाधिन तामाकोशीको पुल पुरा नहुँदै भत्कियो

आइतवार, असार ८ २०८२
आइतवार, असार ८ २०८२
  • images
    images
    २२ करोड रुपैयाँ ठेक्कामा निर्माणाधिन तामाकोशीको पुल पुरा नहुँदै भत्कियो
    images
    images

    रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।
     
    आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो । 

    त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले बताए । 
     
    ‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन आज बिहान पुलको बिचको एक कौल स्ल्याब पुरै भाँचिएर झ¥यो’ उनले भने ।

    सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८/ ७९ सो पुल ठेक्का लगाइएको  थियो । सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो । 

    पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । 

    सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो । तर पुलको निर्माण नसक्दै भत्किएको छ । 


    यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com