आइतबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आइतबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आइतवार, असार ८ २०८२
आइतवार, असार ८ २०८२
  • images
    images
    आइतबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?
    images
    images

    आज मिति वि.सं. २०८२ साल आषाढ ८ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ जुन २२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, द्वादशी तिथी, भरुणी नक्षत्र, आनन्दादिमा–काल योग, चन्द्रराशि–मेष, बेलुकी ९ः२९ बजेपछि वृष ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार, शेयर बजार र उद्योग क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन हुने संकेत छ। नयाँ अवसरहरू प्राप्त हुनेछन्, साथ दिनेहरूको संख्या बढ्नेछ। मेहनत र ईमान्दारिता मार्फत आत्मविश्वास बढ्नेछ। व्यवसायिक यात्राबाट फाइदा मिल्नेछ। पहिलेको सफलताले प्रेरणा दिनेछ भने केही उल्झन दोहोर्याएर प्रयास गर्दा समाधान हुनेछन्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    विदेश व्यापार र अध्ययनमा अवसर प्राप्त हुनेछ भने व्यवसायमा लगानी बढाउने समय आउन सक्छ। आर्थिक तथा बौद्धिक उन्नति हुने संकेत भए तापनि स्वास्थ्य समस्या र आकस्मिक खर्चले कर्जा बढाउन सक्छ। काममा धैर्यता आवश्यक छ। दोहोर्याएर प्रयास गर्नुपर्नेछ। अपिरिचितमा भरोसा गर्दा धोका हुन सक्ने भएकाले सतर्क रहनुहोस्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पैत्रिक र प्राकृतिक स्रोतको उपयोगले आम्दानी बढ्नेछ। शेयर बजार, शिक्षा, कृषि र पशुपालनबाट लाभ मिल्ने संकेत छन्। थोरै लगानीमै राम्रो नाफा हुनेछ। सहयोगीको साथ, मिहिनेत र आत्मबलका कारण राम्रा कार्यमा सफलता मिल्नेछ। दैनिक कामबाट निरन्तर आम्दानी वृद्धि हुनेछ भने दिगो फाइदाका योजना प्रारम्भ हुनेछन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यवसाय र शेयर बजारमा लगानी बढाउँदै मनग्गे धन आर्जन गर्न सकिनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् भने पदोन्नति र नोकरीको सम्भावना पनि देखिन्छ। प्राकृतिक स्रोतको सदुपयोगबाट आम्दानी बढ्नेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय हो। प्रतिभा प्रदर्शन गर्ने मौका मिल्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार, शेयर बजार र औद्योगिक क्षेत्रमा गरिएको लगानी फस्टाउनेछ। देश–विदेशको व्यापारिक यात्रा लाभदायक बन्नेछ। रोकिएका आर्थिक कार्यहरू अघि बढ्नेछन्। प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ। बुद्धि र धन खर्चिएर आंशिक फाइदा पाइए पनि दीर्घकालीन सम्भावनाका लागि उपयुक्त समय हुनेछ। परिस्थितिअनुसार चल्दा लाभ मिल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यवसायमा मन्दी र स्वास्थ्य समस्याले आर्थिक अभाव हुन सक्छ। अनावश्यक खर्च बढ्ने सम्भावना छ, सतर्कता जरुरी छ। लामो खटाइपछि आंशिक सफलता मिल्नेछ भने केही गोप्य अवसरबाट अप्रत्याशित लाभ पनि हुन सक्छ। आलोचना र चुनौतीबीच जिम्मेवारी पूरा गर्नुपर्नेछ। परिस्थिति जटिल भए पनि लगनशीलताले आर्थिक राहत दिनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार, शेयर बजार र साझेदारी लगानीबाट लाभ मिल्नेछ। नयाँ सम्पर्क र सल्लाहले व्यवसायमा फाइदा पुग्नेछ। छोटो यात्राबाट आर्थिक अवसर बढ्नेछन्। भौतिक सम्पत्ति र उपहार प्राप्त हुनेछन्। मिहिनेतले छोटो समयमा नाफा दिलाउनेछ। आत्मबल उच्च रहँदा नयाँ काममा आकर्षण बढ्नेछ। वादविवादबाट टाढा रहनु आर्थिक हितमा हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार, शेयर बजार र उत्पादनमुखी व्यवसायबाट लाभ मिल्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ आर्थिक अवसरहरू आउन सक्छन्। ऋण र संकटको सामना गर्ने सामर्थ्य बढ्नेछ। स्रोतसाधन जुटेर दिगो आम्दानीका योजना प्रारम्भ हुनेछन्। प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हात पर्नेछ। बुद्धिमानी र हिम्मतले आर्थिक क्षेत्रमा सशक्त उपस्थिति रहनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    वित्तीय क्षेत्रमा आधारित पेसा व्यवसायबाट मनग्गे आम्दानी हुनेछ। सन्तानको साथ र सहयोगले काममा उत्साह बढ्नेछ। व्यापारमा फाइदा मिल्नेछ भने बौद्धिक क्षमताको उपयोगबाट अवसरहरू प्राप्त हुनेछन्। केही कार्य रोकिए पनि धैर्य र योजनाबद्ध प्रयासले उपलब्धि हासिल हुनेछ। भाग्यको साथ र लगनशीलताले आर्थिक स्थायित्व कायम हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कृषि, पशुपालन र वित्तीय क्षेत्रमा लगानीले मनग्गे आम्दानी आउनेछ। व्यवसायमा सुधार र प्रतिष्ठित व्यक्तिसँग सम्पर्क हुनेछ। राजनीति तथा समाजसेवामा समर्थन पाइनेछ। तर साझेदारी समस्या र अनावश्यक आश्वासनले दुःख बढ्न सक्छ। योजना सोचेर निर्णय लिनु आवश्यक छ। मनोरञ्जनमा खर्च हुन सक्छ, तर सतर्कता जरुरी छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    औषधी र दैनिक उपभोग्य व्यापारमा लगानीबाट नाफा कमाउन सकिनेछ। पुँजी बजार र वित्तीय क्षेत्रमा अवसर बढ्नेछन्। मेहनत र आँटले दाम र प्रतिष्ठा दुवै बढ्नेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। प्रेम, मित्रता र सामाजिक समर्थनले व्यवसाय फस्टाउनेछ। प्रतिस्पर्धीहरूले सहयोग गर्नेछन्। पुरानो सफलतिले उत्साह जगाउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अध्ययनमा सुधार र बौद्धिक विकास हुनेछ। कृषि, पशुपालन, शेयर बजार र होटल क्षेत्रमा लगानीले आम्दानी बढ्नेछ। वैदेशिक रोजगारबाट सफलता मिल्नेछ। परिवारमा केही कमी आउने भए पनि क्रमबद्ध रूपमा सुधार हुनेछ। कर्जा र उधारोमा सजग रहनुपर्नेछ। जिम्मेवारीले केही झमेला आउन सक्छ, तर नियमित कामले लाभ दिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com