डिजिटल इन्भेष्टिगेसन स्किल्स एन्ड टुल्स फर जर्नालिष्ट’ तालिम सम्पन्न

डिजिटल इन्भेष्टिगेसन स्किल्स एन्ड टुल्स फर जर्नालिष्ट’ तालिम सम्पन्न

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    डिजिटल इन्भेष्टिगेसन स्किल्स एन्ड टुल्स फर जर्नालिष्ट’ तालिम सम्पन्न
    images
    images

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा र डिजिटल मिडिया फाउन्डेशनको संयुक्त आयोजनामा एक दिने ‘डिजिटल इन्भेष्टिगेसन स्किल्स एन्ड टुल्स फर जर्नालिष्ट’ तालिम सम्पन्न भएको छ । ललितपुरको हिमालयन होटलमा इन्टरनेशनल एलर्टको प्राविधिक सहयोग र युरोपियन युनियनको वित्तीय सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा २० जना पत्रकारहरूको सहभागिता थियो । 

    डिजिटल मिडिया फाउन्डेनको अध्यक्ष प्रवेश सुवेदी प्रमुख प्रशिक्षक थिए भने उमेश श्रेष्ठ प्रशिक्षकको रूपमा थिए । 

    तालिममा डिजिटल इन्भेष्टिगेसनका आधारभूत र व्यावहारिक विधि सिकाइएको थियो । स्टोरी पिचिङ अर्थात पत्रकारले समाचार वा रिपोर्ट तयार गर्नुअघि आइडियाको प्रस्ताव राख्ने तरिका,  डिजिटल प्रविधिको प्रयोग गरी सूचना सङ्कलन गर्ने तरिका, एआई टुल्सको सही प्रयोग, तथ्यको खोजी र जाँच, अनलाइन सामग्रीको फ्याक्ट चेकिङ र भ्रामक सूचनाको पहिचानलगायत तालिमको विषय रहेको थियो । 

    news2.JPG

    तालिममा सहभागी पत्रकारहरूले समयको बचत गर्न, सही जानकारी लिन, स्रोत खोजी गर्न तालिम निकै उपयोगी रहेको बताएका थिए । साथै, यस्ता तालिमले पत्रकारहरूलाई प्रविधिको प्रयोगले सही सूचना सही समयमा सम्प्रेषण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने सहभागीहरूको भनाई छ । 

    उक्त तालिमको समापन कार्यक्रमकी प्रमुख अतिथि न्यूनतम् पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले डिजिटल युगमा पत्रकारहरूलाई प्रविधिसँग जोड्न यस्ता तालिमहरू आवश्यक रहेको बताइन् । लामो समय पत्रकारिता गरेकाहरूलाई पनि पछिल्लो समयमा विकास भएका टेक्नोलोजीहरूको बारेमा राम्रो ज्ञान नहुँदा आफ्नो क्षेत्रमा दक्ष पत्रकारहरूका लागि समेत तालिमको जरुरत भएको उनको भनाई छ ।

    Sangita khadka- Nyunatam parishramik president.JPG

    “मैले बुझेअनुसार तालिममा उत्तरदायी र व्यावसायिक प्रयोग सिकाएको छ । पछिल्लो समय पत्रकारहरूको विश्वासनीयता गुम्दै गएको महसुस भएको छ । यस्ता किसिमका तालिमले पत्रकारहरूलाई आफ्नो साख बचाएन सहयोग पुग्नेछ,” अध्यक्ष खड्काले भनिन् ।

    झुटा समाचार, गलत तथ्य र अफवाहहरू सामाजिक सञ्जालमार्फत छिटो फैलिने बताउदै उनले यस्ता अवस्थामा पत्रकारले प्रमाणसहितको सत्य खबर दिन सक्नुपर्ने बताइन् । 

    यसैगरी, इन्टरनेशनल एलर्टकी प्रतिष्ठा थापाले तालिमले फ्याक्ट चेकिङ, स्रोत प्रमाणीकरण र डिजिटल प्रमाण सङ्कलन जस्ता महत्त्वपूर्ण विषयमा भएकोले निकै उपयोगी हुने बताइन् । 

    त्यस्तै, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले तालिमले पत्रकारलाई सत्य सूचना फेला पार्ने, विश्लेषण गर्ने र पुष्टि गर्ने सिप दिएको बताए । साथै उनले तालिमको समय निकै छोटो भएको र आगामी दिनमा विस्तृतमा सिकाउने योजना रहेको बताए । 

    नेपाल पत्रकार महासंघ ललितपुर शाखाले समय समयमा विकास पत्रकारिता, लैङ्गिक समानता, खोज पत्रकारिता, अनलाइन पत्रकारितालगायतका विभिन्न विषयमा तालिम प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com