यो बजेटको पैसा मैले मेरो निर्वाचन क्षेत्रमा हालेको छैन : खानेपानी मन्त्री यादब

यो बजेटको पैसा मैले मेरो निर्वाचन क्षेत्रमा हालेको छैन : खानेपानी मन्त्री यादब

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    यो बजेटको पैसा मैले मेरो निर्वाचन क्षेत्रमा हालेको छैन : खानेपानी मन्त्री यादब
    images
    images

    काठमाडौँ/  खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन् । 

    आज जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी बनाएको बताए । 

    उनले भने, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो बनायो भन्ने केहीले हल्ला चलाएका छन्। त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ, एतिहासिक छ ।”

    वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै, मन्त्री यादवले खानेपानी, सिचाँई, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिए । 

    उनले भने, “यस पटकको बजेट मन्त्री मुखी भयो भन्नु गलत हो । रातो किताब हेर्नु होला मैले मेरो निर्वाचन क्षेत्रमा बजेट नै हालेको छैन । म चुनौती दिन्छु, सबैलाई एकै तराजुमा जोख्नु हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ बजेट हालेका छौँ ।”

    मन्त्री यादवले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com