निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन : बर्तौला

निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन : बर्तौला

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन : बर्तौला
    images
    images

    काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे । 

    शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय प्रणालीमा मुख्य विपक्षी दल मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको  बताए ।

    उनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।  
    माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्तिपिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन् । 

    बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले  प्रतिबद्धता जनाइसकेको अवस्थामा निलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खोजेको जिकिर गरे ।  संसदीय पद्धतिलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ । 

    उनले भने ‘ भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने देखिएको छ । अहिलेको बर्तौलाले संसदीय प्रणालीमा मुख्य विपक्षी दल मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको  छ । माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिड्दैन ।

    स्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खोजेको थियो । संसदीय पद्धतिलाई ग्रहण गर्न रास्वपा असफल देखिएको छ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग भने  सहमति गर्नु आवश्यक छैन’ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com