टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा

टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा
    images
    images

    काठमाडौँ / प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको पूर्वमन्त्री अग्नि खरेलले जानकारी दिए ।
    उनले भने, ‘बैठक टिआरसी कै विषयमा हो । अर्थमन्त्रीद्वारा सार्वजनिक भएको बजेटमा करिब एक अर्ब रुपैयाँ संक्रमणकालिन न्यायसँग सम्बन्धी कोषमा राख्ने भन्ने छ । कोष एव अन्य व्यवस्थापनको विषय, पीडितहरुको उपचार सरकारी अस्पतालबाट गर्ने विषय, बजेट वक्तव्यमा उल्लेख भएका कुराहरु बैठकमा राख्ने कामहरु भए । साथै विभिन्न संघ संस्थाहरुले संयन्त्र बनाएर काम गर्न थालेको सवाल, पीडितहरुलाई बोलाएर भएका छलफललगायत सामान्य विषयमा ब्रिफिङ गरेर जानकारी गराउने काम भयो ।’

    यस्तै, उनले सरकार उक्त विषयमा सचेत रहेको भन्दै सरकारको तर्फबाट गर्ने सहयोगहरु कमी कमजोरी नहुनेगरि अगाडि बढाउने बताए ।  
    साथै, दैलेखमा पेट्रोलियम पदार्थ फेला परेको खुशी साटासाटको कुरा पनि बैठकमा प्रस्तुत भएको उनको भनाई थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com