तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने

तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने
    images
    images


    काठमाडौँ /  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले हटाइएका धाराहरुलाई हाललाई थाँती राख्दै तत्कालको आवश्यकतालाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने बताएका छन् । 

    शुक्रबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुको बिचमा सहमति भएको खण्डमा खास घटनाका लागि विधेयक ल्याउन सक्ने बताएका हुन् । 

    उनले भने, ‘केही मुद्दाहरु फिर्ता लिनुपर्ने आवश्यकता छ । राजनीतिक दलहरुको बिचमा छलफल भयो भने खास घटनाका लागि विधेयक ल्याउन सक्छौ । हटाएका धाराहरु छाडेर अघि बढ्दा हुन्छ र राजनीतिक दलहरुको बिचमा सहमती भए तत्कालको आवश्यकतालाई ध्यानमा राखेर व्यवस्था गर्न सकिन्छ ।’

    आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com