रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा
    images
    images

    काठमाडौँ / काठमाडौँ । प्रतिनिधि सभा बैंठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन् ।

    मानव तस्करीको विरोध स्वरुप कालो पोशाक र निलो रिबन लगाएर संसद् बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनीहरुले सामूहिक तस्विर पनि खिचाए ।

    भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रुपमा रहेको जनाएका छन् । 

    यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो । 

    यता, सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेपनि रास्वपाले अवरोध जारी रहने जनाएको छ । 

    सोही क्रममा रास्वपाका सांसद मनिष झाले नेपालमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी सम्बन्धी संगठित अपराधको विरोध स्वरुप कालो कपडा र निलो रिबन लगाएको बताए ।

    उनले भने, ‘प्रतिनिधि सभाको बैठकमा विरोध स्वरुप सबैले कालो कपडा र निलो रिबन लगाएका छौ । निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी संकेत हो । अहिले नेपालमा भइरहेको भिजिट भिसाको नाममा जुन मानव तस्करी सम्बन्धी संगठित अपराध भइरहेको छ त्यसको विरोध विगत २२ दिनदेखि १५ वटा बैठकमा गरिरहेका छौ र त्यो विरोधको आज पनि निरन्तरता दिएका छौ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com