विनयी खोलामा बाढी, डाइभर्सन बगाउँदा बस अलपत्र यात्रुहरुको सकुशल उद्धार

विनयी खोलामा बाढी, डाइभर्सन बगाउँदा बस अलपत्र यात्रुहरुको सकुशल उद्धार

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    विनयी खोलामा बाढी, डाइभर्सन बगाउँदा बस अलपत्र  यात्रुहरुको सकुशल उद्धार
    images
    images

    काठमाडौँ / नारायणगढ–बुटवल सडकखण्डमा बाढीका कारण फेरि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।

    प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको हो । तर, बस धेरै नबगेको र सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    दाउन्ने र दुम्कीबास क्षेत्र आसपास वर्षा भएपछि सडक हिलो र चिप्लो हुने समस्या देखिन थालेपछि प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

    पूर्वबाट पश्चिम गइरहेका सवारी साधनलाई नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग र काठमाडौंबाट पश्चिम गइरहेका गाडीलाई मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । 

    त्यस्तै, पश्चिमबाट पूर्व आउने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन मार्ग र साना सवारीसाधनले अवस्था हेरी कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com