शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?
    images
    images

    आज मिति वि.सं. २०८२ साल आषाढ ६ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ जुन २० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, अष्टमी तिथी, आनन्दादिमा–श्रीवत्स योग, चन्द्रराशि–मीन, बेलुकी ७ः१३ बजेपछि मेष ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    लगानी गर्दा धैर्य गर्नुपर्छ, प्रतिफल समयसँगै प्राप्त हुनेछ। तत्काल व्यापारिक लगानीभन्दा विदेशी लगानीमा अवसर बढी देखिन्छ। अध्ययनमा अतिरिक्त प्रयास आवश्यक छ। खर्च र आर्थिक अभावले केही कार्यमा बाधा पुर्‍याउन सक्छ। वैदेशिक रोजगारी र यात्रा सम्बन्धी प्रयास सफल हुने संकेत छन्। सावधानीपूर्वक योजना बनाएर अघि बढ्दा सफलता सम्भव छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पैतृक सम्पत्तिको सहि उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। बैंक तथा वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। पढाइमा राम्रो नतिजा प्राप्त हुने सम्भावना छ। आम्दानी बढाउने नयाँ अवसरहरू देखा पर्नेछन्। थोरै लगानीबाट पनि व्यापारमा मुनाफा लिन सकिनेछ। मेहनत अनुसार उपलब्धि पाइनेछ र दैनिकीमा सकारात्मक परिवर्तन आउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सामाजिक कार्यमार्फत प्रतिष्ठा बढाउन सकिनेछ। कृषि, पशुपालन र व्यवसायमा लगानीले आम्दानीमा वृद्धि हुनेछ। प्रशासनिक र पेशागत क्षेत्रमा सहयोग र प्रशंसा प्राप्त हुनेछ। रुचिका क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। मेहनतद्वारा नाम, दाम र दीर्घकालीन फाइदा हासिल गर्ने समय हो।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिणाममुखी कार्यले मान–सम्मान प्राप्त हुनेछ। आर्थिक समस्या क्रमशः हल हुँदै व्यापारमा प्रगति देखिन्छ। अनुसन्धान, शिक्षा र धार्मिक यात्रामा अवसर छन्। शुभचिन्तकहरूको सहयोगले जटिल कार्य सहज हुनेछन्। व्यस्त जीवनशैलीबीच निरन्तरता र मिहिनेतले उपलब्धि ल्याउने सम्भावना रहन्छ। दीर्घकालीन योजनाको जग बसाउने समय हो।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यवसायमा समय दिए पनि प्रतिफल कम देखिन सक्छ, हिसाबकिताबमा सजग रहनु आवश्यक छ। सवारी र भौतिक सम्पत्तिको प्रयोगमा सतर्कता जरुरी छ। पढाइमा सफलता पाउन अधिक ध्यान र समय आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी र मानसिक थकान महसुस हुन सक्छ। परिवारिक सम्बन्ध र कामको प्राथमिकता व्यवस्थापनमा सन्तुलन राख्नु उपयुक्त हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यवसायमा लगानी गरेर नाफा कमाउने अवसर छ भने छोटो यात्राबाट नयाँ सञ्जाल विस्तार हुन सक्छ। प्रविधिको प्रयोग र सिर्जनात्मक क्षेत्रमा चासोले आर्थिक लाभ मिल्न सक्छ। जीवनशैलीमा सुधार आउनेछ। जीवनसाथी र साथीसँगको सहयोगले कार्यमा ऊर्जा थपिनेछ। व्यक्तित्वमा निखार र सामाजिक प्रतिष्ठा बढ्ने समय हो।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    पुराना विवाद समाधान हुनेछन् र न्यायिक पक्षमा सफलता मिल्न सक्छ। अध्ययन, प्रतिस्पर्धा र व्यवसायमा राम्रो नतिजा देखिनेछ। जीवनसाथीको सहयोगबाट उपलब्धि हासिल गर्न सकिनेछ। चुनौतीबीच पनि नयाँ आर्थिक योजनाको शुभारम्भ गर्न अनुकूल समय हो। हरहिसाबमा सतर्कता जरुरी छ भने स्वास्थ्य र अवसरवादीहरूप्रति ध्यान दिनु उपयुक्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    शुभचिन्तक र आफन्तको सहयोगले सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा लगानीले आर्थिक लाभ ल्याउनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ। चुनौतीपूर्ण कामहरू निभाउनु पर्नेछ। स्वास्थ्य र अध्ययनमा केहि कमजोरी देखिन सक्छ। योजना पूरा गर्न समय लाग्नेछ र अरूले फाइदा उठाउन सक्छन्। नयाँ कामका लागि केही समय पर्खनु उचित हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आफन्त टाढिने र पति–पत्नीबीच सामान्य मनमुटाब हुन सक्छ। पढाइमा समय अभावले पछि पर्ने सम्भावना छ। राजनीति र समाजसेवामा आलोचनात्मक समर्थन मिल्नेछ। व्यापारमा नाफा कमाउन समय लाग्नेछ, तर आधुनिक कृषि र पशुपालनले राम्रो आम्दानी दिनेछ। पारिवारिक विवाद र स्वास्थ्यमा चिन्ता रहेकाले संवाद र सजगता आवश्यक छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आँट र साहसले सफलता प्राप्ति सम्भव हुनेछ। न्यायिक पक्षमा जीत मिल्नेछ भने प्रतिस्पर्धामा अग्रस्थान रहनेछ। लेखन, कला र सामाजिक सञ्जालमार्फत प्रभाव विस्तार हुनेछ। राजनीतिक क्षेत्रमा नयाँ अवसर खुल्नेछ। परिवारबाट सहयोग मिल्नेछ। उद्योग र व्यापारमा लाभ हुनेछ। रोकिएका काम पुनः सुरु हुने र नयाँ शुभारम्भ गर्ने समय उपयुक्त छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    तपाईंले सुरु गरेको काममा परिवार र आफन्तको सहयोग हुनेछ। बोलीको प्रभावले रोकिएका कार्यहरू अघि बढ्नेछन्। पढाइमा प्रतिस्पर्धीलाई पछाडि पारेर सफलता मिल्नेछ। व्यापार र सञ्चित धनमा वृद्धि हुनेछ। आत्मविश्वासको कमी र अर्थ अभावले केही बाधा पुर्याउन सक्छ। शुभचिन्तकलाई सम्मान गर्दै खर्च र विवादबाट बच्नुपर्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आफन्त र शुभचिन्तकको साथले मन प्रसन्न रहनेछ। लगनशीलताले कार्यक्षेत्रमा लोकप्रियता बढ्नेछ। पढाइमा प्रतिस्पर्धीलाई पछाडि पार्दै उत्कृष्ट नतिजा हासिल हुनेछ। कानुनी मामलामा पक्ष मजबूत हुनेछ। जीवनसाथीको सल्लाहले सफलता दिलाउनेछ। समय फुर्सदिलो भएर सामाजिक र रचनात्मक कामका अवसर खुल्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com