मनसुनी वायुको प्रभाव पाँच ओटा प्रदेशमा, कहाँ कहाँ छ अत्याधिक धेरै बर्षाको सम्भावना ?

मनसुनी वायुको प्रभाव पाँच ओटा प्रदेशमा, कहाँ कहाँ छ अत्याधिक धेरै बर्षाको सम्भावना ?

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • मनसुनी वायुको प्रभाव पाँच ओटा प्रदेशमा, कहाँ कहाँ छ अत्याधिक धेरै बर्षाको सम्भावना ?

    काठमाडौँ / कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    images
    images

    भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। आज देशको पहाडी भूभागको केही स्थानहरुमा तथा बाँकी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका तराइका भूभागहरुका थोरै स्थानहरुमा हवाहुरीको सम्भावना रहेको छ।

    शनिबार  देशको पहाडी भूभागको केही स्थानहरुमा तथा बाँकी भूभागको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय