राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एकैदिन ९० अर्ब रुपैयाँ झिक्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एकैदिन ९० अर्ब रुपैयाँ झिक्ने

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एकैदिन ९० अर्ब रुपैयाँ झिक्ने
    images
    images

    काठमाडौँ / बजारमा अधिक तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता नियन्त्रण गर्न बैङ्किङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको केन्द्रीय बैंकले यसअघि पनि एकै दिन ८० अर्बसम्म रकम बैङ्कहरूबाट उठाएको थियो । 

    अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना मार्फत आहृवान गरेको छ । 

    बैङ्क तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

    राष्ट्र बैङ्कका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । 

    निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ । 

    बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com