बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?
    images
    images

    आज मिति विक्रम संवत २०८२ साल आषाढ ४ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुन १८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, सप्तमी तिथी, आनन्दादिमा–पद्य योग, चन्द्रराशि–कुम्भ, बेलुकी ४ः१८ बजेपछि मीन । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार र शेयर बजारमा लगानीबाट लाभ मिल्नेछ। कामका नयाँ अवसर फेला पर्नेछन् भने मिहिनेत अनुसार फल प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। आवश्यक साधन जुट्नेछन्, तर साँझतिर खर्च बढ्न सक्छ। फजुल खर्चबाट जोगिनु उपयुक्त हुनेछ। यात्रा गर्दा सतर्कता अपनाउनुहोला। अध्ययन र काममा प्रगति हुने संकेत देखिन्छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    शुभ चन्द्रमाको प्रभावले व्यापार, नोकरी र पेशामा प्रगति हुनेछ। पहिले रोकिएका काम सम्पन्न हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्‍याउनेछ। नयाँ आम्दानी स्रोत फेला पर्नेछन् भने उठ्नुपर्ने रकम प्राप्त हुनेछ। पिताको सहयोग र अवसरको उपयोगले नाम, दाम र इनाम दिलाउनेछ। पढाइमा सफलता र सामाजिक समर्थन पनि पाइनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    खोज, अनुसन्धान र पढाइका क्रममा यात्रा हुनेछ। सेवामुखी व्यापारले सफलता दिलाउनेछ। स्वास्थ्य सबल रहनेछ भने आम्दानीका स्रोत बढ्नेछन्। शेयर र निर्माण क्षेत्रमा लगानी लाभदायक हुनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइनेछ। केही चुनौती आए पनि साँझतिर सुधार हुनेछ। रोकिएको काम बन्नेछ, छोटो समयमै सफलता मिल्ने संकेत देखिन्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    स्वास्थ्यमा समस्या आउन सक्छ, खानपान र विश्राममा ध्यान दिनुहोस्। खर्च र चुनौती बढ्न सक्छ, संयमता आवश्यक छ। आफन्तसँगको सम्बन्धमा सन्तुलन राख्नुहोला। यात्राको योग रहेको छ भने काममा दौडधुप बढ्नेछ। पढाइबाट नतिजा मिल्नेछ। अवसरहरू आए पनि प्रतिफल अरूले लिन स

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पारिवारिक वातावरण रमाइलो रहनेछ, मिठो भोजनको अवसर मिल्नेछ। सानो लगानीबाट व्यापार र शेयर बजारमा लाभ पाइनेछ। अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ। नयाँ कामतर्फ आकर्षण बढ्नेछ भने पेसामा फाइदाका स्रोत देखिनेछन्। साझेदारी व्यापार लाभदायक हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनसक्ने भएकाले ध्यान दिनुहोस्। चुनौतीपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ कामको थालनीका लागि स्रोत साधन जुट्नेछ। व्यापार र लगानीबाट मनग्य नाफा हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने पढाइमा राम्रो नतिजा मिल्नेछ। स्वास्थ्य सबल रहनुका साथै काममा उत्साह बढ्नेछ। भौतिक साधनको सहयोगले दिगो प्रगति हुनेछ। साँझपख व्यापार फस्टाउने सङ्केत छन्, मिहिनेतले उपलब्धि सुरक्षित हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    चन्द्रमाको प्रभावले पढाइमा सफलता मिल्नेछ। सन्तान र आफन्तको साथले मन प्रसन्न रहनेछ। अनलाइन, खाद्यान्न र निर्माण व्यवसायबाट लाभ हुनेछ। सानो प्रयासले धेरैलाई प्रभावित गर्न सकिनेछ। सुरुमा अलमल भए पनि साँझतिर स्थिति सुध्रिनेछ। स्वास्थ्य सबल रहनेछ। द्वेष गर्नेहरू परास्त हुनेछन्, तर ऋणबाट टाढा रहनु उपयुक्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पारिवारिक मनमुटाव र राजनीतिक कार्यमा न्यून उपलब्धि देखिए पनि कृषि र पशुपालनबाट लाभ हुनेछ। अध्ययन र सीपमा सुधार आउनेछ। हतारको निर्णयले समस्या ल्याउन सक्छ, सजग रहनुहोस्। स्वास्थ्यमा कमजोरी देखिन सक्छ, ध्यान पुर्याउनुहोस्। संवादबाट समस्या समाधान गर्न सकिनेछ। योग्यताको मूल्याङ्कन हुनेछ भने साँझतिर स्थिति सुधारिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार, उद्योग र शेयर बजारबाट मनग्गे आम्दानी हुनेछ। अध्ययनमा उत्कृष्ट नतिजा हात लाग्नेछ। शुभचिन्तकको सहयोगले रोकिएको काम अघि बढ्नेछ। यात्रा र मनोरञ्जनको अवसर मिल्नेछ। पेसा-व्यवसायमा फाइदा हुनेछ भने भूमि र पशुधनबाट लाभ मिल्नेछ। साँझतिर पारिवारिक तनाव देखिन सक्छ, साथीभाइसँग सन्तुलित व्यवहार गर्नु उपयुक्त हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पारिवारिक माहौल रमाइलो रहनेछ, मिठो भोजनको अवसर पनि प्राप्त हुनेछ। घरायसी व्यापारमा लगानी र मेहनतले लाभ हुनेछ। आफन्तको सहयोगले काम तीव्र हुनेछ। बोलीको प्रभाव बढ्नेछ। शिक्षा र कलामा प्रगति हुनेछ। साँझतिर स्थिति सुधार हुनेछ भने शत्रु परास्त हुनेछन्। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मिठो भोजन, राम्रो वस्त्र र उपहार पाइनेछ। व्यापार र शेयर बजारबाट आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। बोलीको प्रभावले सहयोगीहरूलाई प्रभावित पार्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र कार्य सफल हुनेछ। मिहिनेतले व्यक्तित्व निखार्नेछ। केही आर्थिक खर्च र साँझतिर आलोचना हुनसक्छ, त्यसैले व्यवहारमा सावधानी अपनाउनुहोस्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    काम र समयको तालमेल नमिल्दा पछि पर्ने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोला। विदेशमा रोजगार र कानुनी पक्ष मजबूत हुनेछ। आर्थिक अभाव र घरखर्च बढ्नेछ। मिहिनेतको फल अरूले लिन खोज्नेछन्, दोहोर्याएर प्रयास गर्नुपर्छ। साँझतिर सहयोगीहरूको साथ पाइनेछ भने नयाँ अवसर पनि मिल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com