रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

    images
    images

    मंगलबार जिल्ला अदालत काठमाडौँमा थुनछेक बहसपछि न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रसँग तीन लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। मिश्रले आज अदालतमा हाजिर भई थुनछेक सम्बन्धी बहसमा भाग लिएका थिए।

    गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजसंस्थाका पक्षधरहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा उनलाई दोषी ठहर गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

    लामो समय हिरासतमा रहेका मिश्रलाई पछि बन्दी प्रत्यक्षीकरण रिटमार्फत हाजिरी जमानीमा रिहा गरिएको थियो।

    तर, त्यसपछि उनी प्रहरी सम्पर्कमा नरहेपछि पुनः पक्राउ पुर्जी जारी गर्ने तयारी प्रहरीले गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय