एससिटि–युपिआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससिटि–युपिआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    एससिटि–युपिआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससिटि–युपिआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ । 
     
    समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो ।  

    अफरअन्तर्गत ग्राहकहरूले आफ्नो एससिटि–युपिआई कार्डबाट पिओएस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ। 

    एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटि–युपिआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । 

    एससिटि–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटि–युपिआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com