Xpengको नयाँ इलेक्ट्रिक एसयुभि–जीसेभेनले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजारभन्दा बढी प्रि-अर्डर प्राप्त गर्न सफल भई विश्वव्यापी इभि बजारमा तहल्का मच्चाएको छ। यस उत्साहजनक प्रतिक्रियाले ह्उभलन को प्रविधिमा आधारित नवीनता प्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काउने कम्पनीको दावी छ ।
जीसेभेनमा Xpeng द्वारा विकास गरिएको ‘Turing AI chip’, Huawei सँगको सहकार्यमा तयार गरिएको ८७-इन्चको AR-HUD डिस्प्ले, उच्च स्तरीय स्वचालित ड्राइभिङ सुविधा र फाइभसी अल्ट्रा-फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्।
७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले जी सेभेनलाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ।
जी सेभेनले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ, यद्यपि, सिजी मोटर्सले Xpeng को AI Mobility को भिजनलाई नेपालमा जी सिक्स को माध्यमबाट पहिले नै भित्र्याइसकेको छ।
जीसिक्समा OTA अपडेट, XOS अपरेटिङ सिस्टम, ८००V चार्जिङ, SEPA 2.0 आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले नेपाली सडकमा EV को अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ।
स्मार्ट, सुरक्षित र प्रविधिमैत्री इलेक्ट्रिक ड्राइभिङ अनुभवका लागि Xpengको विश्वव्यापी प्रगति र 'एआई मोविलिटीको भविष्य नेतृत्व गर्ने’ प्रतिबद्धता अब नेपालमा साकार हुँदैछ ।