मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज मिति विक्रम संवत २०८२ साल आषाढ ३ गते, मङ्गलवार तदनुसार इस्वी सन् २०२५ जुन १७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, षष्ठी तिथी, आनन्दादिमा–मृत्य योग,। चन्द्रराशि–कुम्भ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विभिन्न स्रोतबाट लगानी जुटाई दिगो फाइदा हुने काम सुरु गर्न सकिन्छ। पैतृक सम्पत्ति र शेयर बजारमार्फत आम्दानी बढ्न सक्छ। व्यापारमा फड्को मारिनेछ र नयाँ आयस्रोत फेला पर्न सक्छन्। भौतिक सुविधा जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। मिहिनेतले लक्ष्य हासिल हुनेछ। खर्च सन्तुलनमा राख्दा आर्थिक स्थितिमा स्थायित्व आउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सहयोगी व्यक्तिहरूको साथ र पुर्खौली सम्पत्तिको सदुपयोगले आर्थिक लाभ मिल्नेछ। काममा नाम र दाम दुवै कमाइनेछ। रोकिएका कार्य बन्नेछ भने नयाँ कामको पूर्वाधार तयार गर्न सकिनेछ। विवाद समाधानतर्फ कदम चाल्दा प्रतिष्ठा बढ्नेछ। व्यवसायमा स्थिरता रहला, तर मिहिनेतले जीवनशैलीमा सुधार ल्याउने सम्भावना उच्च छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सानो प्रयासले ठूला उपलब्धि हासिल हुने समय छ। व्यापार व्यवसायमा स्थिरता र फाइदाको संकेत देखिन्छ। भाग्यको साथले नयाँ अवसर खुल्नेछन् भने मिहिनेतले सफलताको बाटो खोल्नेछ। दिगो फाइदा हुने कामको जग बसाउने मौका प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रशासनिक तथा सामाजिक क्षेत्रमा गरिएका कामबाट सम्मान र लाभ मिल्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक पक्ष कमजोर रहने संकेत देखिन्छ। व्यापारमा समय दिए पनि आम्दानी कम हुन सक्छ भने लगानीमा जोखिम बढ्ने सम्भावना छ। गोपनीयता भंग र धन बाहिरिन सक्ने अवस्था छ, सावधानी जरुरी छ। भौतिक सम्पत्तिको प्रयोगमा सतर्कता अपनाउनुहोस्। स्वास्थ्यमा कमजोरीले काममा असर पुर्याउन सक्छ। खर्च नियन्त्रण र योजनाबद्ध प्रयासले स्थिति सुधार गर्न सकिन्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    भौतिक सम्पत्ति तथा विलासी वस्तुको कारोबारबाट आम्दानी हुने संकेत छ। व्यावसायिक यात्रा र जीवनसाथीको सहयोगले प्रगति मिल्नेछ। कृषि, ठेक्का पट्टा र बौद्धिक क्षमताबाट लाभ मिल्न सक्छ। तर फजुल खर्च र विलासितामा धन खर्च हुने सम्भावना पनि छ। विवादास्पद निर्णयबाट टाढा रहनु राम्रो हुनेछ। दीर्घकालीन फाइदाका लागि सोचेर काम गर्नु उपयुक्त हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आट र मेहनतले आर्थिक क्षेत्रमा प्रगति सम्भव छ। पुराना ऋण तिर्ने मौका मिल्नेछ भने आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ। शेयर बजार र वित्तीय क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाइनेछ। पिताको सहयोगले व्यापारमा सघाउनेछ। तर गोपनीयता बाहिरिन सक्छ, र पहिलेका समस्याले दोहोरिन सक्छन्। सोचविचारपूर्वक निर्णयले दीर्घकालीन फाइदा दिलाउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    पढाइमा मन लागेकोले उत्कृष्ट नतिजा मिल्नेछ। शेयर बजार र व्यापार व्यवसायमा सुधारले आर्थिक स्थिति मजबुत हुनेछ। सामाजिक कामबाट नाम र दाम दुवै बढ्नेछ। आफन्त र सन्तानको प्रगतिले मन प्रसन्न हुनेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्न सकिने समय छ। मेहनतले लक्ष्य हासिल हुनेछ। पशुपालन र कृषिमा पनि लाभ मिल्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    चुनौतीका बाबजुद पनि राजनीति र समाजसेवामा सफलता मिल्नेछ। गोप्य योजना केही दिनपछि सार्वजनिक गर्नुहोला। घरजग्गा र सवारी साधनको कारोबारमा सावधानी आवश्यक छ। अध्ययनमा थोरै समय लगानीले उत्कृष्ट नतिजा ल्याउनेछ। शेयर बजार र व्यापार व्यवसायमा लाभ हुनेछ। दाजुभाइ र छिमेकीको सहयोगले व्यापार फस्टाउनेछ। पुराना कमजोरी सुधार गर्ने अवसर छ। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    थोरै प्रयासले अध्ययन र व्यापारमा उत्कृष्ट नतिजा मिल्नेछ। शेयर बजार र उद्योगबाट लाभ हुनेछ। दाजुभाइ र छिमेकीसँग सहकार्यले व्यापार फस्टाउनेछ। कार्यक्षेत्रमा समस्या समाधान गरी प्रशंसा र लोकप्रियता प्राप्त हुनेछ। प्रतिस्पर्धी बढे पनि पुरुषार्थले चुनौती पार गर्दै सफलता दिलाउनेछ। लगानीका अवसरहरू फाइदाजनक रहनेछन्।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    विगतका कामको सकारात्मक परिणामले मन प्रसन्न हुनेछन्। रोकिएका कार्यहरू पूरा भएर नयाँ कामका अवसर सिर्जना हुनेछन्। शेयर बजार र वित्तीय लगानीबाट नाफा हुनेछ। पारिवारिक सद्भाव र कार्यक्षेत्रमा सम्मान बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी र सम्झौता गर्न उपयुक्त समय छ। मिहिनेतले प्रतिष्ठा र भौतिक साधन बढाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अवसरको सदुपयोग गरी व्यापार, शेयर बजार र उद्योगमा लगानी फस्टाउनेछ। राजनीतिमा समय दिनेले पद र प्रतिष्ठा हासिल गर्नेछन्। पढाइमा मन लाग्नेछ र यात्रा हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ काम हात लगाएर श्रमको उचित मूल्यांकन पाइनेछ। सामाजिक तथा पारिवारिक सम्बन्ध बलियो हुँदै फाइदा उठाउने समय छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    पढाइमा प्रगति मध्यम रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला, खानपान र वातावरणको ख्याल आवश्यक छ। माया प्रेममा धोका आउन सक्छ। काम गर्दा सावधानी नहुँदा दण्ड र जरिवाना हुन सक्नेछ। वैदेशिक रोजगार र व्यापारबाट लाभ मिल्नेछ। खर्चिला योजना र विलासी वस्तुमा खर्चले आर्थिक दबाब आउन सक्छ। लामो यात्रा र नयाँ अवसरको सम्भावना छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com