फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ रिसोर्टमा भेटिए

फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ रिसोर्टमा भेटिए

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ रिसोर्टमा भेटिए

    काठमाडौँ / केही दिनदेखि सम्पर्कविहीन रहेका रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा फेला परेका छन् ।

    images
    images

    डा. श्रेष्ठले सामाजिक सञ्जालमार्फत घरपरिवारसँग माफी माग्दै आफू मानसिक तनावमा रहेको जनाउँदै सम्पर्कविहीन भएका थिए। सामाजिक सञ्जालमै उनले जागिरको क्रममा विभिन्न व्यक्तिहरूबाट दुःख पाएको र गल्ती बिनाको सजाय भोग्न बाध्य भएको गुनासो पोखेका थिए।

    उनले केही व्यक्तिहरूको नाम सार्वजनिक गर्दै ती व्यक्तिहरूको कारण आफू आत्महत्या गर्न बाध्य भएको समेत उल्लेख गरेका थिए।

    रामेछाप नगरपालिका–८ का वडाध्यक्ष सन्तोष कुमार तामाङका अनुसार डा। श्रेष्ठको हालै मात्र सरुवा गरिएको थियो। उनले आरोप लगाएका केदार कार्की भने पूर्व वडाध्यक्ष रहेको खुलेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय