सोमबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

सोमबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • सोमबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

    आज मिति विक्रम संवत २०८२ साल अषाढ २ गते,  सोमबार तदनुसार इस्वी सन् २०२५ जुन १६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, पञ्चमी तिथि, धनिष्ठा नक्षत्र, आनन्दादिमा–शुभ योग, चन्द्रराशि–मकर, बिहान ११ः५५ मिनेट उप्रान्त कुम्भ ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    खनिज, पैतृक सम्पत्ति, सेयर बजार र अनलाइन व्यापारबाट आम्दानी बढ्नेछ। अग्रजको सहयोगले भौतिक सम्पत्ति प्राप्त हुनेछ। रचनात्मक काम र पुरुषार्थले प्रतिष्ठा र लाभ दिलाउनेछ। दिउँसोदेखि नयाँ आम्दानी स्रोत खुल्नेछ। मिहिनेतको मूल्य पाइनेछ, नयाँ व्यवसायमा लगानीको अवसर देखा पर्न सक्छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    राजनीति, समाजसेवा, कृषि र पशुपालन व्यवसायमा लगानी बढाएर आम्दानी गर्न सकिनेछ। सेयर बजार र व्यापारमा फाइदाजनक सम्भावना देखिन्छ। नयाँ जिम्मेवारी र कार्य प्रारम्भले आर्थिक स्रोत बढाउनेछन्। भौतिक साधन जुटेर साहसी काममा लाभ पाइनेछ। रोकिएका काम सम्पन्न भई श्रमको उचित प्रतिफल प्राप्त हुनेछ। दबाब र विवादबाट जोगिनु लाभदायक हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    बिहान बाधा आए पनि मध्यान्हदेखि समय अनुकूल हुनेछ। कृषि, पशुपालन व्यवसाय फस्टाउनेछ। नयाँ काम वा स्थानान्तरणबाट आम्दानीको मार्ग खुल्नेछ। काम दोहोर्याउनु परे पनि अन्ततः लाभ हुनेछ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायबाट मनग्य फाइदा हुनेछ। परोपकारी कार्यले प्रतिष्ठा र भविष्यका अवसरहरू बढाउनेछन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    बिहान व्यापार व्यवसायमा लाभ र फड्को आउनेछ। पढाइमा सफलता मिल्नेछ। तर मध्यान्हपछि विलासी वस्तु र अनावश्यक किनमेलले खर्च बढ्नेछ। आफन्तबाट धोका र सहयोगीहरूको अभावले घाटा हुन सक्छ। योजनाको गोप्यता जरुरी छ। स्वास्थ्यमा कमजोरीले काम प्रभावित हुन सक्छ। सतर्क रहँदा आर्थिक स्थायित्व कायम रहन सक्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    जीवनसाथीको सहयोगले लाभदायक काम सफल हुनेछन्। सेयर बजार र व्यापारमा फड्को आउनेछ। यात्राबाट आर्थिक लाभको सम्भावना छ। विलासी सामग्री र सवारी साधन हात लाग्नेछ। मेहनतको उचित मूल्य पाउनेछ। खर्च भए पनि काम बन्नेछ। कानुनी पक्ष बलियो रहनाले धनसम्बन्धी मुद्दामा फाइदा हुनेछ। व्यापारले स्थायित्व र लाभ दिनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    शिक्षा र कृषि–पशुपालन व्यवसायबाट राम्रै आम्दानी हुनेछ। मावली पक्षको सहयोगले मनग्य लाभ हुनेछ। बिहानको समय लाभदायक रही व्यापारमा फड्को आउनेछ। श्रमको उचित मूल्य पाइनेछ। भौतिक सम्पत्ति हात लाग्ने सम्भावना छ। तर दिउँसोदेखि खर्च र ऋणको सम्भावना बढ्न सक्छ, फजुल खर्चबाट बच्न आवश्यक छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बिहान स्वास्थ्य बाधा देखिए पनि मध्यान्हपछि व्यापार र वित्त क्षेत्रमा लगानी बढाएर मनग्य आम्दानी गर्न सकिनेछ। आफन्तको सहयोगले व्यवसाय फस्टाउनेछ। नयाँ लगानी लाभदायक हुनेछ। दिगो काम सुरु भई मिहिनेतको उचित प्रतिफल पाइनेछ। पढाइ र बौद्धिक क्षमताले भविष्यमा आर्थिक स्थायित्व र प्रतिष्ठा प्राप्त हुनेछ। निर्णयमा धैर्य आवश्यक छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बिहानको समय व्यापारमा लगानी बढाउन अनुकूल रहँदा मनग्गे आम्दानी हुनेछ। अग्रजको सहयोगले काम सजिलै बन्नेछ। तर मध्यान्हपछि घरजग्गा कारोबारमा मन्दी आउन सक्छ। साझेदारीमा असमझदारीले असर पुर्याउन सक्छ। रोकिएका काम दोहोर्याएर पूरा गर्नुपर्ला। हतारो नगरी निर्णय गर्दा दीर्घकालीन आर्थिक लाभ मिल्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार व्यवसायमा थोरै समय दिएरै मनग्य आम्दानी हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ भने न्यायिक निर्णयले आर्थिक पक्ष बलियो बनाउनेछ। रोकिएका काम पूरा भई आयस्रोत बढ्नेछ। पढाइले भविष्यमा लाभ दिलाउनेछ। आत्मविश्वासको कमीले अवसर छुट्न सक्छ, तर आजको मिहिनेतले दीर्घकालीन आर्थिक लाभ ल्याउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापारमा लगानीले आर्थिक स्थिति बलियो बन्नेछ। पहिलेको लगानी उठेर मन प्रसन्न हुनेछ। आफन्तको सहयोगले प्रगति हुनेछ। नयाँ कार्य प्रस्ताव आएर आयस्रोत बढ्नेछ। दिगो योजना सुरु हुने समय छ। बुद्धि र लगनशीलताले लक्ष्य पुरा हुनेछ। हतारो निर्णयले समस्या आउन सक्छ, सावधानी अपनाउनुपर्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    बिहान विदेशी सामान व्यापार र लामो दूरीको यात्राले फाइदा दिनेछ। मध्यान्हदेखि सामाजिक काम र सेयर बजारमा नयाँ लगानीबाट लाभ मिल्नेछ। इमान्दार मेहनतले ठूलो उपलब्धि हासिल हुनेछ। खर्चिला कामका लागि कर्जा आवश्यक पर्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। मिहिनेतले व्यक्तित्व र व्यवसायमा सुधार ल्याउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    बिहान व्यापारमा लगानीले मनग्गे आम्दानी हुनेछ। प्राकृतिक स्रोत र कृषि–पशुपालन व्यवसायमा फाइदा मिल्नेछ। पहिलेका कामबाट लाभ प्राप्त हुनेछ। साझेदारी र सट्टापट्टामा सफलताको सम्भावना छ। स्वास्थ्य र आकस्मिक खर्चले केही दबाब दिन सक्छ। दिउँसो नयाँ अवसरका लागि दौडधुप हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय