रास्वपा प्रवक्ता झा भन्छन् – सभामुखले धोका दिनुभयो, संसद् सरकारको छायाँ बन्यो

रास्वपा प्रवक्ता झा भन्छन् – सभामुखले धोका दिनुभयो, संसद् सरकारको छायाँ बन्यो

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • रास्वपा प्रवक्ता झा भन्छन् – सभामुखले धोका दिनुभयो, संसद् सरकारको छायाँ बन्यो

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले संसद् सरकारको छायाँको रूपमा प्रभावित भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

    images
    images

    आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुख देवराज घिमिरेले रास्वपालाई धोका दिएको आरोप लगाए । 

    उनका अनुसार बिहानको छलफलमा सभामुखले रास्वपालाई पहिलो वक्ताका रूपमा बोल्न दिने सहमति जनाए पनि बैठक सुरु भएपछि सत्ता पक्षलाई प्राथमिकता दिएको थियो।

    “सभामुखले हामीलाई बोलाएर छलफल गर्नुभयो। हाम्रो माग थियो– संसद् सुरु भएपछि हामीलाई आफ्नो कुरा राख्न दिइयोस्। उहाँले सहमति जनाउनुभयो। तर, बैठक सुरु भएपछि त्यो सहमति तोडियो। यो धोका हो,” सांसद झाले भने, “हामीले सभामुखबाट यस्तो व्यवहारको अपेक्षा गरेका थिएनौं।”

    प्रवक्ता झाका अनुसार अहिले संसद् सरकारको प्रभावमा चलेको देखिनु गम्भीर र लज्जास्पद विषय हो।

    “संसद् सरकारको छायाँ बनेर प्रभावित भइरहेको देखिएको छ। यो संसदीय मर्यादाको अपमान हो, हामी यसबाट अत्यन्तै दुःखी छौं,” उनले भने।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय