एनसेल ‘सधैँ अन करोडपति’ योजना : बम्पर पुरस्कार नगद रु. १ करोड, हरेक हप्ता १० लाख र सबहभागी सबैलाई पुरस्कार

एनसेल ‘सधैँ अन करोडपति’ योजना : बम्पर पुरस्कार नगद रु. १ करोड, हरेक हप्ता १० लाख र सबहभागी सबैलाई पुरस्कार

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    एनसेल ‘सधैँ अन करोडपति’ योजना : बम्पर पुरस्कार नगद रु. १ करोड, हरेक हप्ता १० लाख र सबहभागी सबैलाई पुरस्कार
    images
    images

    काठमाडौँ / अब एनसेलको सधैँ अनले ग्राहकहरूलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहन मात्र सक्षम बनाउँदैन । करोडौँ रुपैयाँ नगद जित्ने अवसर पनि उपलब्ध गराएको छ । 

    एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् । 

    यो साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहनेछ । त्यसको साथै, यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ ।

    ‘सधैँ अन करोडपति’ योजना आज ९आइतबार, असार १ गतेदेखि अर्थात आजैदेखि लागू भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ । 

    यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा-जस्तै : नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ ।

    “यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं । सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैँ अन’ पहल अन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौँ । १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विषेश बनेको छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

    ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।

    हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् ।

    यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । 

    एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ ।

    यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । 

    उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् ।

    कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । 

    पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् ।

    यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् । 

    नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैँ सम्पर्क गर्नेछ । थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन् ।

    यसैगरी एनसेलको वेबसाइट https://www.ncell.com.np/en/individual/sadhain-on-crorepati  मा गई वा एनसेल एप डाउनलोडरलगइन गरी यस सम्बन्धी जानकारी लिन सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com