आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

    आज मिति विक्रम संवत् २०८२ साल आषाढ १ गते, आईतबार तदनुसार ईश्वी सन् २०२५ जुन १५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, चतुर्थी तिथी, श्रवण नक्षत्र, आनन्दादिमा–गद योग, चन्द्रराशि–मकर ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।आजको दिन फलदायी रहनेछ। सरकारी वा संस्थागत कामबाट फाइदा हुनेछ। पदोन्नति, नयाँ जागिर वा जिम्मेवारी पाइने सम्भावना छ। शेयर बजार, व्यापार, कृषि तथा पशुपालन व्यवसायबाट लाभ मिल्नेछ। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। पढाइमा मन जानेछ, रचनात्मक कामले सफलता ल्याउनेछ। भविष्यका लागि अवसरहरू जुट्नेछन्। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन समाजसेवामा लाग्न सकिनेछ, जसबाट इज्जत र प्रतिष्ठा बढ्नेछ। खोजमूलक क्षेत्रमा सफलता मिल्नेछ। पढाइका लागि यात्रा सम्भव छ। धर्मकर्म र सेवामा रुचि बढ्नेछ। कार्यक्षेत्रमा सफलता, नयाँ आम्दानीका अवसर खुल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्‍याउनेछ। सानो प्रयासले ठूलो लाभ मिल्ने समय हो।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आज खानपान र मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। कार्यक्षेत्रमा आलोचना र बाधा आउने सम्भावना छ। वित्तीय निर्णयमा सोचविचार गर्नुहोला, व्यापारमा मन्दी देखिन्छ। पढाइमा मन नलाग्दा नतिजा कमजोर हुन सक्छ। प्रेममा धोका हुनसक्छ। स्वास्थ्य, सम्बन्ध र खर्चप्रति सजग रहनु उपयुक्त हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज भौतिक वस्तु र विलासी सामानको प्रयोगले ध्यान तान्न सकिनेछ। पारिवारिक जमघट र मिठो भोजनको अवसर मिल्नेछ। साझेदारी वा एकल व्यवसायबाट आम्दानी बढ्नेछ। शेयर बजार र वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। पढाइमा सफलता मिल्नेछ। खर्च बढ्न सक्छ, योजनालाई गोप्य राख्नु उपयुक्त हुनेछ। बोल्नमा संयम अपनाउनुहोस्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज प्रियजनसँग भेटघाट र सम्मान प्राप्त हुनेछ। पढाइ र अध्ययनका लागि यात्रा सम्भव छ। न्यायिक निर्णय तपाईंको पक्षमा रहनेछ। नोकरीमा पदोन्नति र स्थानान्तरणको योग बलियो छ। खर्च बढे पनि उपलब्धिमूलक काम हुनेछन्। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। प्रयास गरेमा सफलता र फाइदा मिल्नेछ। शत्रु परास्त हुनेछन्, रोगबाट राहत मिल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज शिक्षा र प्रतिस्पर्धामा उत्कृष्टता हासिल गरी पुरस्कार तथा प्रशंसा प्राप्त हुनेछ। प्रियजनबाट उपहार पाउने सम्भावना छ। सन्तान र आफन्तको सहयोगले आत्मबल बढ्नेछ। व्यापार, विशेषतः शिक्षा र कृषि–पशुपालन क्षेत्रमा लाभ मिल्नेछ। अहंकारले अवसर गुमिन सक्छ, धन मामिलामा सतर्क रहनुहोस्। मिहिनेतले प्रतिष्ठा र सम्मान दिलाउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    घर परिवारमा तिक्तता कम हुँदै राम्रो सम्बन्ध बन्नेछ। भौतिक वस्तुको प्रयोगमा सावधानी अपनाउनुहोला। हतारमा निर्णय गर्दा नोक्सान हुनेछ। पढाइमा मन नलाग्नेछ र स्वास्थ्यमा समस्या आउन सक्छ। मेहनतले कार्यक्षेत्रमा सफलता मिल्नेछ। पुराना चिन्ता हट्नेछन्, माताको स्वास्थ्य चिन्ताजनक रहन सक्छ। भूमि–पशुधनबाट लाभ हुनेछ। शुभचिन्तकसँग मिलेर मिहिनेत गर्नुपर्ने समय छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ र प्रतिस्पर्धामा अग्रस्थानमा आउन सकिनेछ। पढाइमा प्रगति हुने र खेलकुदबाट नाम तथा सम्मान कमाउने मौका छ। उद्योग, शेयर बजार र व्यापारमा लगानी फस्टाउनेछ। धैर्य र पराक्रमले सामाजिक तथा कार्यक्षेत्रमा सफलता ल्याउनेछ। मिहिनेतले राम्रो फल दिनेछ। दाजुभाइसँग आत्मीयता बढ्ने र व्यवसायमा धनलाभ हुनेछ। शत्रु परास्त हुनेछन्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापारबाट मनग्गे धन आर्जन हुने र नयाँ शेयर बजार लगानीका अवसर प्राप्त हुनेछन्। सापटी लगेको धन फिर्ता हुनेछ। अध्ययनमा प्रगति हुँदै नतिजा राम्रो आउनेछ। गीत–संगीत तथा मोडलिङमा समय फलदायी हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ नोकरी र लगानीबाट लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मिहिनेतले सम्मान र आर्थिक सफलता दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    राजनीति र समाजसेवामा जनताको समर्थनले इज्जत र प्रतिष्ठा बढ्नेछ। सूचना प्रविधि प्रयोग गरी नयाँ कामबाट धन आर्जन सम्भव छ। पढाइ, खेलकुदमा नाम र दाम दुवै कमाउने समय छ। व्यापार, उद्योग र वित्तीय लगानीबाट आम्दानी बढ्नेछ। मिठो बोलीले बिग्रिएको काम सन्चालन हुनेछ। नयाँ प्रस्ताव र सहयोगी भेटघाटले जीवनशैली सुधार्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    खानपानमा बेवास्ता गर्दा स्वास्थ्य समस्या बढ्न सक्छ। कमजोरीका कारण विवाद र प्रतिस्पर्धामा पछि परिनेछ। शुभचिन्तकलाई बेवास्ता नगर्नुहोला। मनपर्ने मान्छेबाट टाढिनुले मन खिन्न हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। आर्थिक अभाव हुँदा कर्जा वा सरसापटबाट धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयास हुने समय छ। खर्च बढ्ने तर आलस्यले पछि पर्ने योग छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्राकृतिक स्रोत र पैतृक सम्पत्तिको प्रयोगबाट मनग्गे धन आर्जन हुनेछ। व्यापार, उद्योग र पुँजी बजारमा लगानीले लाभ दिनेछ। पढाइमा उत्कृष्ट अङ्क ल्याएर अग्रस्थानमा आउन सकिनेछ। भौतिक सम्पत्ति हात लाग्ने योग छ। संचित धन र आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। कृषि, पशुपालन र व्यापारबाट प्रशस्त फाइदा हुनेछ। दिगो लाभका लागि अवसर मिल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय