शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • images
    images
    शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज मिति विक्रम संवत २०८२ साल जेष्ठ ३१ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ जुन १४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, तृतीया तिथी, उत्तराषाढा नक्षत्र,  आनन्दादिमा–राक्षस योग, चन्द्रराशि-धनु।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    फुर्सदको समयमा सामाजिक कार्यमा सक्रियता देखिनेछ, जसले इज्जत, प्रतिष्ठा र सम्मानमा वृद्धि ल्याउनेछ। माया प्रेममा नजिकिँदै जान सकिनेछ। खाद्यान्न, निर्माण सामग्री र अटो पार्ट्सको व्यापारमा वृद्धि हुनेछ। पुराना विवाद र समस्या समाधानतर्फ उन्मुख हुनेछन्। पारिवारिक वातावरण रमाइलो हुनेछ। व्यक्तित्वमा निखार आउँदा कार्यक्षेत्रमा सम्मान बढ्नेछ। नयाँ अनुबन्ध र सहकार्यबाट व्यापारमा विशेष लाभ मिल्ने सम्भावना छ। मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन राम्रा तथा प्रभावकारी काम गरेर अरूको मन जित्न सकिनेछ। आर्थिक समस्या क्रमशः हल हुँदै जानेछ भने व्यापारमा सकारात्मक वृद्धि देखिनेछ। अध्ययन, अनुसन्धान, धर्मकर्म र सामुदायिक सेवामा रुचि बढ्नेछ। धार्मिक वा शैक्षिक यात्राको सम्भावना छ। कृषिबाट लाभ मिल्नेछ। सामाजिक जिम्मेवारी बहन गर्ने समय हो, जसले दीर्घकालीन फाइदा दिलाउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापारमा मन्दीको सम्भावना रहेकोले आर्थिक पक्षमा सतर्कता आवश्यक छ। आम्दानी घट्ने र खर्च बढ्ने योग देखिन्छ, धन बचतमा ध्यान दिनुहोला। नयाँ लगानी टार्नु उचित हुन्छ। सरकारी सेवामा पदको प्रभावले आर्थिक लाभ मिल्न सक्छ। प्रयत्न गरे गुमेको रकम जोगिन सक्छ। तत्काल फाइदा नहुन सक्छ तर दीर्घकालीन लाभको सम्भावना छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक दृष्टिले लगानीबाट लाभ लिने राम्रो सम्भावना देखिन्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ भने वित्तीय तथा सहकारी संस्थाबाट फाइदा मिल्नेछ। आफन्त र साथीभाइको सहयोगले व्यापारमा उत्साह थपिनेछ। सानो सावधानीसाथ निर्णय लिएमा दीर्घकालीन फाइदा हुनेछ। विलासी वस्तु प्राप्ति टर्न सक्ने भए पनि भौतिक सुधार र जीवनशैलीमा परिवर्तन देखिन्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रतिस्पर्धामा विजय मिल्ने र शत्रु परास्त हुने समय छ। व्यापार र आर्थिक लाभ बढ्नेछ। पुराना ऋण र समस्याबाट छुटकारा पाइनेछ। आफन्त र सहयोगीहरूको समर्थन रहनेछ। यात्रा, मनोरञ्जन र खानपानमा रमाइलो समय बित्नेछ। महत्त्वाकांक्षी कार्य सुरु गर्न उपयुक्त छ। मेहनतले सफलता सुनिश्चित हुनेछ र स्वास्थ्य पनि राम्रो रहनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    वंश वृद्धि र छोराछोरीको प्रगतिले मन रमाउनेछ। बौद्धिक क्षेत्रमा लगानीले मनग्गे धन आर्जन हुनेछ। उपहार र भौतिक सम्पत्ति प्राप्त हुने समय छ। छोटो यात्राको सम्भावना छ। सामाजिक र माङ्गलिक कार्यक्रममा सहभागी भई अवसर पाउनेछ। विद्यार्थीहरूले प्रगति गर्नेछन्। गुरुजनको सहयोगले विशेष फाइदा हुनेछ। पेसा तथा व्यवसायमा राम्रो लाभ मिल्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    राजनीतिकर्मी तथा समाजसेवीका लागि समय मध्यम छ, जनताको समर्थन कम पाइनेछ। घर जग्गा र सवारी साधनसम्बन्धी विवाद हुन सक्छ। आफन्तसँग मनमुटाव बढ्ने वा घरबाट टाढा हुनुपर्ने स्थिति आउन सक्छ। प्रेम सम्बन्धमा पनि असमझदारी हुनेछ। खानपानमा ध्यान दिनु जरूरी छ। सवारी र जग्गा व्यवसायबाट आम्दानी सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसर खोज्दा सफलता मिल्नेछ। गोपनीयता राख्न सतर्क रहनुहोला। प्रयास गरे रोकिएका काम पूरा हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ र लगनशीलताले उच्च मूल्याङ्कन पाइनेछ। दाजुभाइ र छिमेकीसँग सम्बन्ध सुधार हुँदै नयाँ काम सुरु गर्न सकिनेछ। प्रतिस्पर्धीहरू सहयोगी बन्ने र यात्राको अवसर प्राप्त हुनेछ। प्रविधिको प्रयोगले विचार फैलिनेछ। कृषि र उद्योगबाट लाभ मिल्नेछ। रोकिएका काम अघि बढ्नेछन् र आम्दानी वृद्धि हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    चन्द्रमाको शुभ गोचरले बन्द व्यापारबाट आम्दानी हुनेछ। सापटी रकम उठ्ने र आफन्तको सहयोगले सफल काम हुनेछ। बोलीबाट प्रतिष्ठित काम बन्नेछ। परिवारसँग यात्रा र मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। अभाव हट्दै नाम र दाम बढ्नेछ। कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। उच्च अधिकारीको साथले सहयोग मिल्नेछ। सन्तानको करियरमा खर्च हुन सक्छ। मिहिनेतले परिस्थिति सुधार्नेछ, तर बोली र व्यवहारमा सावधानी आवश्यक छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले बौद्धिक स्तर बढ्नेछ। राजनीति र समाजसेवामा जनताको समर्थन पाइनेछ, पदको अवसर खुल्नेछ। व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने उपहार प्राप्ति सम्भावना छ। आत्मविश्वासले निर्णय लिए सफलता मिल्नेछ। विद्यार्थीहरूको प्रतिभा प्रशंसा हुनेछ। साथीभाइको आगमनले रमाइलो समय बित्नेछ। स्वास्थ्यमा खानपानमा सावधानी आवश्यक छ। मिहिनेतले काम सफल बनाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा खर्च बढ्ने सम्भावना छ। पढाइमा समय कम दिँदा पछि पर्ने जोखिम छ। प्रेममा अविश्वास र परिवारमा राय बाझिने देखिन्छ। विदेशी सामानको व्यापारबाट राम्रो आम्दानी हुनेछ। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। आफन्तबाट सोचेजस्तो सहयोग नपाउन सकिन्छ। आर्थिक प्रलोभनबाट सावधान रहनुहोला। मिहिनेत गर्दा काम सफल हुनेछ, तर सजग रहन आवश्यक छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    पैतृक सम्पत्ति प्रयोग गरी आम्दानी बढ्नेछ। थोरै लगानीबाट व्यापारमा राम्रो नाफा कमाइनेछ। भौतिक स्रोत जुटेर दैनिकी सहज हुनेछ। पढाइमा थोरै समय दिएर पनि नतिजा आउनेछ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अधिकारीबाट प्रशंसा पाइनेछ र पिताको सहयोग मिल्नेछ। मिहिनेतले दैनिक आवश्यकता पूरा गर्नेछ। विगत कर्मको फल पाइनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ हुनेछ। सञ्चित धनको उपयोगले फाइदा मिल्नेछ। प्रयासले सजिलै लक्ष्य पूरा हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com