कोशी, बाग्मती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, बाग्मती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • images
    images
    कोशी, बाग्मती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ / हाल देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    आज राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com