प्रतिनिधिसभामा रमिता :  भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यङ्ग्य

प्रतिनिधिसभामा रमिता :  भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यङ्ग्य

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    प्रतिनिधिसभामा रमिता :  भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यङ्ग्य
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अग्नि सापकोटाको भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आत्मसमर्पण गरेको टिप्पणी गरे ।

    उनले भने, “संसदमा चाँही बडो रमिता भयो । प्रतिपक्ष दल माओवादीले भिजिट भिसामा अग्नि सापकोटा साट्यो । त्यसका लागि माओवादीका साथिहरूलाई बधाई दिन चाहन्छौँ हामी ।”

    शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले गल्ती स्वीकार गरेको र सरकारसँग सहमति जनाएर आत्मसमर्पण गरेको आरोप लगाए । 

    “भिजिट भिसा प्रकरणमा माओवादीका साथीहरू चुक्नु भयो र आत्मसमर्पण गर्नुभयो,” उनले भने ।

    उनका अनुसार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको समर्थन नपाएपछि गृहमन्त्रीको राजीनामा माग्ने प्रस्ताव र संसदीय छानबिन समिति गठनको माग अल्पमतमा परेको छ । यसले सरकारलाई राहत पुगेको संकेत गर्दै उनले प्रतिपक्षभित्रै विभाजन भएको टिप्पणी गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com