पश्चिमी वायु प्रणाली सक्रिय, काठमाडौँमा बर्षा

पश्चिमी वायु प्रणाली सक्रिय, काठमाडौँमा बर्षा

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    पश्चिमी वायु प्रणाली सक्रिय, काठमाडौँमा बर्षा
    images
    images

    काठमाडौँ / हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको हो । 

    देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसमविद्हरूका अनुसार पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय अझै एक-दुई घन्टा पानी पर्ने महाशाखाले जनाएको छ । साढे ११ बजेसम्म काठमाडौँमा चार मिलिमिटर वर्षा भएको जनाइएको छ ।  

    मौसमविद्हरूले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिए पनि सधैँ सक्रिय नहुने उनीहरूको भनाई छ । 

    यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूती पोखरेलले मनसुन भित्रिसके पनि सँधै सक्रिय नहुने प्रतिक्रिया दिइन् । 

    उनले भनिन् “यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू-भागबाट भित्रिसकेको छ । तर मुलुकको मध्य र पश्चिम एवम सुदूरपश्चिमतिर मनसुन सक्रिय हुनेक्रममा छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com