मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गरियो, भिजिट भिसामा म संलग्न छैन : गृहमन्त्री

मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गरियो, भिजिट भिसामा म संलग्न छैन : गृहमन्त्री

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गरियो, भिजिट भिसामा म संलग्न छैन : गृहमन्त्री
    images
    images

    काठमाडौँ / गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन् । 

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित, षड्यन्त्रपूर्वक ढंगले र  राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको बताए । 

    उनले भने, “मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको छ । जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु ।” 
     
    त्यस्तै उनले भिजिट भिसासम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए । 

    उनले भने, “कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो । ति अभिव्यक्तिमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन् ।”   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com