रेवतबहादुर कार्कीको संयोजकत्वमा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन

रेवतबहादुर कार्कीको संयोजकत्वमा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    रेवतबहादुर कार्कीको संयोजकत्वमा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ ।

    केन्द्रीय बैंकले भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहने गरी तीन सदस्यीय ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरिएको हो । उक्त कार्यदलको समयावधि एक महिनाको रहने गभर्नरको कार्यालयले जनाएको छ । 

    कार्यदलले यस्ता विषयमा सुझाव दिन सक्नेछः 
                                        
    बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण  र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा । 
     
    आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा । 

    ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा । 

    बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा । 

    नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।   

    पुँजीबजार विकासमा केन्द्रीय बंैकको समन्वयात्मक भूमिका सम्बन्धमा ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com