आज मिति वि.सं. २०८२ २०८२ साल जेष्ठ ३० गते शुक्रबार तदनुसार ईश्वी सन् २०२५ जुन १३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, द्वितीय तिथि, पूर्वाषाढा नक्षत्र, करण–गर, आनन्दादिमा–प्रवद्र्ध योग, चन्द्रराशि–धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खोज तथा अनुसन्धानको क्रममा लामो दूरीको यात्रा हुन सक्छ। धार्मिक स्थलको दर्शन र प्रसाद ग्रहण गर्ने अवसर मिल्नेछ। आफन्तको सहयोगले आत्मबल बढ्नेछ। वित्तीय, हार्डवेयर वा निर्माण क्षेत्रमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ। नयाँ अवसर हात पर्नेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ। योजनाबद्ध कामले लक्ष्यमा पुग्न सजिलो हुनेछ। समाजमा तारिफयोग्य काम हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन स्वास्थ्य र वित्तीय पक्षमा सावधानी आवश्यक छ। खानपान र मौसमको असरले स्वास्थ्य कमजोर बन्न सक्छ। व्यापारमा मन्दी र खर्च बढ्न सक्छ। पारिवारिक कलह र न्यायिक विषयमा सतर्कता अपनाउनुहोला। तर, अध्ययन र अनुसन्धানে प्रगति हुनेछ, लामो दूरीको यात्रा सम्भव छ। असहजता बीच शुभचिन्तकको साथले समस्याको समाधान खोज्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आफन्त र प्रियजनसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। व्यापारमा लगानीले राम्रो आम्दानी दिलाउनेछ। अध्ययनमा छात्रवृत्ति र उत्कृष्ट परिणाम प्राप्त हुने योग छ। अधिकारीबाट प्रशंसा पाइनेछ भने रचनात्मक कार्यमा सफलता मिल्नेछ। यद्यपि खर्चमा नियन्त्रण आवश्यक छ। पारिवारिक सद्भाव कायम राख्दा लाभ मिल्नेछ। यात्रा र मनोरञ्जनका अवसर जुर्न सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन कार्यक्षेत्रमा विवाद आए पनि तपाईंको विचार मान्यता पाउनेछ। न्यायिक निर्णयहरू तपाईंको पक्षमा जाने सम्भावना छ। मावली पक्ष र आफन्तको सहयोग प्राप्त हुनेछ। पढाइमा प्रगति हुनेछ भने प्रतिस्पर्धामा सफलता मिल्नेछ। नयाँ नोकरी वा व्यापार प्रारम्भका लागि अनुकूल समय छ। खर्च भए पनि रोकिएका काम पूरा भएर आत्मबल बढ्नेछ। मिहिनेतले लक्ष्यमा पु¥याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन बौद्धिक क्षमताको विकास र प्रतिष्ठित कार्यमा सफलता मिल्ने संकेत छ। मन परेको व्यक्तिसँग यात्रा वा उपहारको सम्भावना छ। आफन्त र सन्तानको सहयोगले काममा गति मिल्नेछ। बैंक तथा वित्तीय क्षेत्रबाट लाभ हुनेछ। अध्ययन र प्रेम सम्बन्ध सुमधुर रहनेछन्। व्यापार, कृषि तथा पशुपालनमा फाइदा हुनेछ। सुखद समाचारले उत्साह थपिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन मध्यम रहनेछ, विशेष गरी व्यापारमा लगानी गर्न केही समय पर्खनु उपयुक्त हुनेछ। आमा वा आफन्तसँग टाढिनु परे पनि कामले यात्रा गराउन सक्छ। खानपानमा लापरवाही नगर्नुहोस्, स्वास्थ्यमा असर पर्न सक्छ। कृषि र पशुपालन व्यवसायबाट लाभ मिल्नेछ। हतारको निर्णयले नोक्सानी गर्न सक्छ, त्यसैले योजना गोप्य राखेर अघि बढ्नुहोस्। रोकिएका काम बिस्तारै पूरा हुनेछन्। बुद्धिको प्रयोगले प्रतिष्ठा जोगिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन प्रतिस्पर्धा र परिश्रमका लागि अनुकूल छ। प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हात पारिनेछ। पराक्रम र धैर्यमा वृद्धि हुनेछ, जसले नाम र दाम दुवै दिलाउनेछ। लेखन, कला र साहित्यप्रतिको रुचि बढ्नेछ। दाजुभाइ र आफन्तको सहयोगमा व्यापारमा लगानी गरेर मनग्गे लाभ उठाउन सकिनेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय हो, उद्योग र आयका नयाँ स्रोत बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन समयमै काम पूरा गर्दा प्रशंसा र समर्थन प्राप्त हुनेछ। बुद्धि र वाणीको प्रभावले धेरैको ध्यान तान्न सकिनेछ। परिवारसँग रमाइलो पल बित्नेछ भने गीत–संगीत, मोडलिङ र रचनात्मक पेसामा लगानीको समय फलदायी रहनेछ। अध्ययन र खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ। बोली र अभिव्यक्तिमा निखार आउनेछ। आम्दानी बढ्नेछ, तर मनोरञ्जनमा अल्झिनुहुन्न। मेहनतले मान(सम्मान दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज व्यापारमा लगानीले मनग्गे धन आर्जन हुनेछ र आर्थिक पक्ष मजबूत बन्नेछ। नयाँ अवसरहरूले आर्थिक वृद्धिमा मद्दत गर्नेछन्। विद्यार्थीहरूका लागि समय अनुकूल छ, राम्रो नतिजा आउनेछ। आफन्त र परिवारसँग रमाइलो यात्रा र मिष्ठान्न भोजनको अवसर हुनेछ। सञ्चित धन बढाउन नयाँ अवसर प्राप्त हुनेछ। सामाजिक दायित्वमा खर्च बढ्न सक्छ। सहयोगीहरू सहयोगी रहँदै रचनात्मक काम सुरु हुनेछन्। विगतको सफलताले हौसला बढाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज महत्त्वाकाङ्क्षी योजना तुरुन्त सुरु नगर्नु उपयुक्त छ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले अनावश्यक यात्रा र कामबाट बच्नुहोस्। नियम उल्लंघनले सजाय भोग्न सक्छ। तर लामो दूरीको विदेश यात्रा सम्भावित छ र विदेशमा पेसा व्यवसाय गर्नेहरूले राम्रो आम्दानी गर्नेछन्। वैदेशिक रोजगारबाट लाभ हुनेछ। रोकिएका काम बिस्तारै बन्नेछन्। खर्च बढ्न सक्छ तर दीर्घकालीन फाइदा हुनेछ। स्वाभिमानको रक्षा सम्भव छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन र अनुसन्धानमा ध्यान दिँदा उत्कृष्ट नतिजा हासिल हुनेछ। प्रविधिको प्रयोगले रचनात्मक कार्यमा सफलता मिल्नेछ। पैतृक धन प्रयोग गरी व्यवसाय गरेर रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ। पारिवारिक जमघटमा मिष्ठान्न भोजन हुनेछ। कार्यक्षेत्रमा रोकिएका काम पूरा हुनेछन् र इष्टमित्रको सहयोग पाइनेछ। स्वास्थ्यमा खानपानको ध्यान आवश्यक छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतले राम्रो परिणाम दिनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज नयाँ काम पाउने वा बढुवा हुने सम्भावना छ। व्यवसाय फस्टाउनेछ र लगानीका अवसर जुट्नेछन्। सरकारी तथा प्रशासनिक क्षेत्रमा पनि सक्रिय रहनु हुनेछ। कृषि र पशुपालनबाट मनग्गे आम्दानी हुनेछ। पढाइ र अध्ययनमा मन लाग्नेछ, यात्राको मौका पनि मिल्नेछ। पिताको सहयोगले व्यापारमा प्रगति हुनेछ। नयाँ कार्य सुरु गर्न उपयुक्त समय छ। समाजले प्रतिष्ठा र जिम्मेवारी दिनेछ। टाढिएका साथीभाइसँग भेटघाटले खुशी ल्याउनेछ। भाग्यले नयाँ अवसर दिनेछ।