भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा एक जना यात्रु सकुशल बाँच सफल भएका छन् । दुर्घटनामा बाँचेका रमेश विश्वास कुमारको हिँडिरहेको भिडियोहरू सार्वजनिक भएका छन् । उनी विमानको ११ए सिटमा बसेका थिए। भिडियोमा उनी आफैँ घटनास्थलबाट बाहिर निस्कँदै गरेको देखिन्छ। उनको अनुहारमा चोट लागेको छ, उनी लंगडाउँदै हिँडिरहेका छन्।
उनले भनेका छन्, “विमान विस्फोट भयो, मेरो बाँच्नु चमत्कारभन्दा कम होइन’ घाइते उनले भने, “टेकअफ भएको ३० सेकेन्डमै विमान ठूलो आवाजसहित दुर्घटनाग्रस्त भयो। जब होशमा आएँ, वरिपरि शव नै शव थिए। विमानका टुक्रा चारैतिर छरिएका थिए। कसैले मलाई उठाएर एम्बुलेन्समा हाल्यो। मेरो भाइ पनि सँगै विमानमा यात्रा गरिरहेका थिए। कृपया उहाँलाई खोज्नमा मलाई सहयोग गर्नुहोस्।”
एअर इन्डियाको उडान नम्बर AI-171 (बोइङ 787 ड्रीमलाइनर विमान) अहमदाबादबाट लण्डन जाँदै थियो। बिहीबार दिउँसो १:४० बजे दुर्घटनाग्रस्त भयो।
यसमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली नागरिकसहित कुल २३० जना यात्रु सवार थिए। थप १२ जना क्रू सदस्य थिए। दुर्घटनामा २४० जनाको मृत्यु भएको छ, केवल १ जना यात्रु बच्न सफल भएका छन्।
विमान जुन भवनमा ठोक्किएको थियो, त्यहाँ बीजे मेडिकल कलेज र सिभिल अस्पतालका डाक्टरहरू बसोबास गर्दै आएका थिए। जानकारी अनुसार दुर्घटनाको समयमा सो भवनमा ५० देखि ६० जना डाक्टरहरू थिए, जसमा १५ भन्दा बढी घाइते भएका छन्। दुर्घटनास्थलबाट भेटिएका अधिकांश शवहरू पूरै जलेका अवस्थामा छन्।