नेपाल–कम्बोडिया व्यापारिक सहकार्य सुदृढ गर्न एफएनसीसीआई र क्याम्फेबाबीच समझदारी, कुन कुन विषयमा भयो हस्ताक्षर ?

नेपाल–कम्बोडिया व्यापारिक सहकार्य सुदृढ गर्न एफएनसीसीआई र क्याम्फेबाबीच समझदारी, कुन कुन विषयमा भयो हस्ताक्षर ?

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    नेपाल–कम्बोडिया व्यापारिक सहकार्य सुदृढ गर्न एफएनसीसीआई र क्याम्फेबाबीच समझदारी, कुन कुन विषयमा भयो हस्ताक्षर ?
    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)  र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन ९ऋब्ःँभ्द्यब्० बीच द्विपक्षीय व्यापारिक सहकार्य सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा २०२५ जुन १० मा स्वीट्जरल्यान्डको जेनेभामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

    समझदारीअनुसार रोजगारी, श्रम कानुन, व्यवसायमा प्रयोग गरिने उत्कृष्ट अभ्यास, तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धिका क्षेत्रमा जानकारी आदान–प्रदान तथा संयुक्त कार्यक्रमहरू सञ्चालन गरिनेछ। 

    साथै, लगानी प्रवद्र्धनमा समेत जोड दिइने उल्लेख गरिएको छ।

    महासंघका अध्यक्ष ढकालका अनुसार समझदारीले व्यवसायिक साझेदार पहिचान, बीटुबी सहकार्य, तथा लगानी अवसरमा सहजीकरण गर्ने प्रतिबद्धता समेटिएको छ। 

    उनले उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास र लगानी प्रवद्र्धनमा संयुक्त पहल गरिने जानकारी दिए।

    क्याम्फेबाका उपाध्यक्ष सोक लोरले समझदारीले दुवै देशबीच बलियो सञ्जाल र क्षेत्रीय सहकार्यको मार्ग खोल्ने विश्वास व्यक्त गरे।

    समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श तथा आवश्यक कार्ययोजना तय गरिनेछ। यो समझदारी हस्ताक्षर भएको मितिबाट लागू हुनेछ र ९० दिनको पूर्वसूचनामा रद्द गर्न सकिने प्रावधानसमेत रहेको छ।

    समारोहमा महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, कार्यकारिणी सदस्य बाबुकाजी कार्की, र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति रहेको थियो।

    यो समझदारीले नेपाल–कम्बोडिया व्यापारिक सम्बन्धमा नयाँ उचाइ थप्ने र समावेशी व्यापारिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com