कँडेल फ्रुट्सको २५ बर्षे यात्रा : देशभर ५० आउटलेट सञ्चालन गरिने, इ-कमर्स प्लाटफर्म प्रयोगमा ल्याइने

कँडेल फ्रुट्सको २५ बर्षे यात्रा : देशभर ५० आउटलेट सञ्चालन गरिने, इ-कमर्स प्लाटफर्म प्रयोगमा ल्याइने

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    कँडेल फ्रुट्सको २५ बर्षे यात्रा : देशभर ५० आउटलेट सञ्चालन गरिने,  इ-कमर्स प्लाटफर्म प्रयोगमा ल्याइने
    images
    images

    काठमाडौँ / अढाइ वर्ष यता फलफूल व्यवसाय गर्दै आएको कँडेल फ्रुट्सले नयाँ कम्पनी फलफ्रुट्स ब्राण्डमा मुलुकभर ५० वटा आउटलेट विस्तार गर्ने भएको छ । 

    सोल्टीमोड चोकस्थित फलफ्रुट्सको पहिलो आउटलेट सञ्चालनमा ल्याएको समूहले आउँदो पाँच वर्षमा मुलुकभर आउटलेट संख्या ५० वटा पुर्याउने व्यावसायिक योजना बनाएको सञ्चालक अग्नि कँडेलले बताए । 

    सन् १९९९ मा उनले सोह्रखुट्टेस्थित हालको फलफूलचोकबाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । “दैनिक खानपिनमा फलफुलको भूमिका विशेष रहँदै आएको छ । ताजा र स्वास्थ्यकर फलफूल उपभोक्ताको घर घरमा पुर्याउने उद्देश्यले फलफ्रुट्समार्फत औपचारिक सेवा सुरु गरेका हौँ,” सञ्चालक कँडेलले भने, “फलफूल कृषक र उपभोक्तासँग नजिक रहि कृषि र पर्यटनलाई जोड्नु मुख्य उद्देश्य हो ।”

    उनका अनुसार १० लाख रुपैयाँमै विस्तार गर्न सकिने एउटा आउटलेटमा ५ जनशक्तिले रोजगार पाउन सक्नेछन् । आउटलेट सञ्चालनमा इच्छुकका लागि कम्पनी आफैंले व्यवस्थापन गरिदिने योजना रहेको उनले जानकारी दिए । 

    निकट भविष्यमा कम्पनीले आफ्नो सेवा उपभोक्ताको घरघरमै पुर्याउनका लागि इ–कमर्स प्लाटफर्म प्रयोगमा ल्याउने उनले बताए । 
    उनले भने, “हामी अहिलेको औपचारिक यात्रालाई ट्रायलका रुपमा लिएका छौँ । निकट भविष्यमा फ्रुट्स क्याफेको अवधारणासहितको आउटलेट पनि सञ्चालनमा ल्याउने योजना बनाएका छौँ । स्वदेशमा बस्दा केही नहुने निराशजनक भाव हटाउने अभियानले यो सुरुवात गरेका हौँ ।” 

    आउटलेटमा नेपालमै उत्पादन हुँदै आएको सिजनल फलफूललाई विशेष प्राथमिकतामा राखि उपभोक्तामाझ उपलब्ध गराउने उनले जानकारी दिए । यसका लागि मुलुकका विभिन्न क्षेत्रमा रहेका समुदायसँगको सहकार्यका लागि गृहकार्य सुरु भएको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com