काठमाडौँ / सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज (बिहिबार) सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले विश्व वातावरण दिवस २०२५ को अवसरमा उक्त वृक्षारोपण गरिएको हो ।
सो कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढीमा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरूमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै बैंकले मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।