काठमाडौँ / तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६देखि हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
लगानीकर्ताले हकप्रद सेयरका लागि आगामी साउन ४ गते सम्म आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।
जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयर खरिदका आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती पाएको थियो ।