आज मिति बिक्रम संवत् २०८२ साल जेष्ठ २९ गते, बिहीबार, तदनुसार ईश्वी सन् २०२५ जुन १२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, प्रतिपदा तिथी, दिउँसो १ः५४ बजेपछि द्वितीय, मूल नक्षत्र, आनन्दादिमा–धुम्र योग, चन्द्रराशि–धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ। व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गर्दा फाइदा हुनेछ। सकारात्मक सोचले नयाँ अवसर दिलाउनेछ। प्रतिष्ठा र जिम्मेवारी बढ्नेछ। प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्धमा सुमधुरता रहनेछ। धर्म, दर्शन र अध्यात्मप्रति रुचि बढेर ज्ञान विस्तार हुनेछ। समाजमा योगदान पुर्याउने मौका मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन मिश्रित फल दिनेछ। परिश्रमको फल ढिला मिल्ने सम्भावना छ, र सवारी वा भौतिक सम्पत्तिको प्रयोगमा सतर्कता आवश्यक छ। दिदीबहिनी वा आफन्तसँग मनमुटाव हुन सक्छ, र ऋण तथा स्वास्थ्यसम्बन्धी चुनौती देखा पर्न सक्छ। तापनि मिहिनेतले नियमित काम सफल बन्नेछ। सकारात्मक सोच राख्दा भाग्यले अवसर दिलाउनेछ, र धन लाभको सम्भावना पनि रहन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज व्यापार, शेयर बजार तथा राज्य निकट काममा संलग्नहरूका लागि समय फलदायी रहनेछ। अध्ययन, प्रेम र दाम्पत्य सम्बन्ध सकारात्म रहनेछ । कीर्तिमानी काम गरेर नाम कमाउन सकिनेछ। तर, हचुवाको निर्णय र विवादबाट जोगिनु होला। खर्च बढे पनि रमाइलो यात्राको योग छ। सावधानी अपनाए लाभ उठाउन सकिनेछ। प्रयासले पुराना कमजोरी सुधारिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन पढाइ, प्रतिस्पर्धा र नोकरीमा सफलता मिल्नेछ। पुराना रोग र ऋणको समाधान हुँदै आर्थिक पक्ष सबल बन्नेछ। व्यापार र वित्तीय बजारबाट लाभ मिल्ने संकेत छ। माया प्रेम र दाम्पत्यमा विश्वास बढ्नेछ। यद्यपि अफिसमा चुनौती र विवादास्पद जिम्मेवारी आउन सक्छ, तर आँट र मिहिनेतले सफलता हासिल हुनेछ। सतर्कता अपनाउँदा दीर्घकालीन लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन धन, सम्पत्ति, उपहार वा चिट्ठा जस्ता आकस्मिक लाभको संकेत छ। माया प्रेममा सामीप्यता र दाम्पत्य सम्बन्धमा विश्वास बलियो बन्नेछ। सन्तानको प्रगति र सहयोगले मन प्रसन्न हुनेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ भने पुरस्कार प्राप्त हुने योग छ। व्यापार, वित्तीय क्षेत्र र कृषिमा लगानी लाभदायक बन्नेछ। सामाजिक तथा बौद्धिक क्षेत्रमा पनि प्रगति देखिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन केही चुनौतीपूर्ण रहने संकेत छ। सहयोगी र प्रतिस्पर्धीबाट अपेक्षित साथ नपाइन सक्छ, र पढाइमा ध्यान नदिँदा पछि परिने सम्भावना छ। आर्थिक प्रयासमा बाधा आउन सक्छ भने आमा वा आफन्तसँग मनमुटावको योग पनि देखिन्छ। तर सवारी तथा कृषि क्षेत्रबाट आम्दानीको राम्रो सम्भावना छ। लामो दूरीको यात्राले अवसर ल्याउनेछ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन उत्साहजनक रहनेछ। विभिन्न अवसरको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ। व्यापार, शेयर बजार तथा उद्योगमा लगानीले भविष्यमा आम्दानी सुनिश्चित हुनेछ। आत्मविश्वास र मित्रहरूको सहयोगले चुनौती सजिलै पार गर्न सकिनेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ भने पढाइमा प्रगति हुनेछ। नयाँ योजनाको शुभारम्भ र सेवामूलक कार्यबाट प्रतिष्ठा प्राप्त हुने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज व्यापारमा लगानी गरेर आर्थिक पक्ष बलियो बनाउन सकिनेछ। पुरानो लगानी फिर्ता भई मन हलुका बन्नेछ। आफन्तसँगको सम्बन्ध सुध्रिनेछ र तिनको सहयोगले प्रगति सम्भव हुनेछ। होटल, खानपान तथा जमघटमा लाभदायक अवसर प्राप्त हुनेछ। बुद्धिको प्रयोगले धन र विद्या आर्जन हुनेछ, र सानो प्रयासले पनि ठूलो सफलता मिल्नेछ। सम्मान र प्रशंसा प्राप्त हुने समय हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मिश्रित संकेत बोकेको छ। अरूको विश्वास गर्दा धोका पाउने सम्भावना छ, त्यसैले आश्वासन र साझेदारीमा सतर्कता अपनाउनुहोस्। व्यापारमा मन्दी आउन सक्छ र पढाइमा ध्यान दिन नसक्दा पछि पर्न सकिन्छ। यद्यपि राजनीति, सामाजिक कार्य, तथा रचनात्मक क्षेत्रमा प्रतिष्ठा आर्जन गर्ने मौका छ। विगतका कमजोरी सुधार्दै नयाँ योजनाबाट लाभ लिन सकिनेछ। सहकर्मीको साथले आत्मबल बढ्नेछ भने रमाइलो जमघटले मन प्रसन्न हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज खर्चमा वृद्धि हुने सम्भावना छ, स्वास्थ्य र खानपानमा ध्यान दिनु जरूरी छ। व्यापारबाट अपेक्षित आम्दानी कम हुन सक्छ भने विश्वास गर्दा धोका पाइने खतरा छ। विदेश यात्रा र अटो पार्ट्स व्यापारबाट लाभ हुने संकेत छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ र विद्यार्थीहरूलाई पढाइमा मन लाग्नेछ। शेयर बजारमा राम्रो लाभ मिल्नेछ। आर्थिक प्रलोभन र अवसरवादीबाट सावधान रहनुपर्छ। टाढाका साथीभाइको निम्तो आउनेछ र रोकिएका कामहरू सफलता साथ सम्पन्न हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज विशिष्ट व्यक्तिहरूसँग भेटघाटले काममा नयाँ अवसर ल्याउनेछ। आफन्त र साथीभाइको सहयोगले मन प्रसन्न रहनेछ। प्राकृतिक स्रोतको उपयोगबाट धन आर्जन सम्भव छ। व्यापार र शेयर बजारमा सानो लगानीले आम्दानी हुने योग छ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। कार्यक्षेत्रमा लगनशीलता र अधिकारीको सहयोगले सफलता मिल्नेछ । नयाँ योजना गोप्य राखेर आर्थिक व्यवस्थापनमा ध्यान दिनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज राजनीति र समाजसेवामा सफल भई पद प्राप्ति हुने मौका छ। कृषि र पशुपालन व्यवसायलाई आधुनिकीकरण गरेर मनग्गे आम्दानी गर्न सकिनेछ। नयाँ काम, बढुवा वा स्थानान्तरणको योग छ। पैतृक सम्पत्ति प्राप्ति हुने संकेत छ। महत्वकांक्षी योजना पूरा गर्ने उपयुक्त समय हो। विद्यार्थीहरूको निरन्तर प्रयास सफलताको कुञ्जी हुनेछ। पदस्थ व्यक्तिसँग मित्रता बढ्नेछ र रोकिएका काम सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि राम्रो नाफा आउनेछ।