प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • images
    images
    प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौं/ प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय समितिद्वारा आयोजित वृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम आज सोमबार सफलतापूर्वक सम्पन्न भएको छ।

    ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालयको प्रांगणमा संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेका छन्।

    संघका सल्लाहकार रुद्र ढुंगेलका अनुसार देशभरका अटो व्यवसायीहरू कार्यक्रममा सहभागी भई रक्तदानमा सक्रिय रूपले संलग्न भएका थिए।

    उनले संघले विगतमा पनि यस्ता सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कोइरालाले प्रत्येक वर्ष जेठ २६ गतेलाई ‘अटो व्यवसायी दिवस’का रूपमा मनाउने निर्णय गरिएको उल्लेख गरे। उनले सेकेन्डह्याण्ड अटोमोबाइल्स कारोबारमा संलग्न सम्पूर्ण व्यवसायीहरूलाई एकताको सूत्रमा आबद्ध गराउँदै अटो व्यवसायीको अधिकार, हित र पहिचान प्रवर्द्धन गर्न यो दिवसले सशक्त माध्यमको भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    साथै, उनले संघको गत वर्ष सम्पन्न निर्वाचनपछि केही व्यवसायीहरूले असन्तुष्टि जनाउँदै छुट्टै धार समातेको प्रसंग उठाउँदै आपसी संवाद र सहकार्यमार्फत समाधान खोज्न आग्रह गरे।

    उनले व्यावसायिक एकता र समन्वयको स्पिरिटलाई कमजोर पार्ने भ्रमात्मक गतिविधिहरू तत्काल बन्द गर्न र समस्त व्यवसायीहरूलाई साझा उद्देश्य र हकहितमा केन्द्रित हुन आह्वान गरे।

    संघद्वारा आयोजित उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व निर्वाहको एउटा सकारात्मक अभ्यासका रूपमा सराहनीय रह्यो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com