NAIMA Nepal Mobility Expo 2025 को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

NAIMA Nepal Mobility Expo 2025 को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • images
    images
    NAIMA Nepal Mobility Expo 2025 को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौं/ नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आउँदो Nepal Mobility Expo 2025 का लागि स्टल बाँडफाँड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। 

    कार्यक्रम NAIMA को कमलपोखरीस्थित कार्यालयमा आयोजना गरिएको थियो।

    नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी मानिएको Nepal Mobility Expo 2025 यहि २०७२ साउन २१ देखि २५ गतेसम्म (6 to 10 August 2025) काठमाडौंको भृकुटीमण्डपमा हुने कार्यक्रमका लागि स्टल वितरण गरिएका हुन्।
    कार्यक्रममा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यावसायिक सवारी साधन क्षेत्रका करिब ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता देखिएको छ।

    कुल ४८ स्टल मध्ये:
    २१ वटा चार पाङ्ग्रे सवारी ब्रान्डलाई,
    १८ वटा दुई पाङ्ग्रे सवारी ब्रान्डलाई,
    र ९ वटा व्यावसायिक सवारी ब्रान्डलाई प्रदान गरिएको छ।
    NAIMA अध्यक्ष रितु गङ्गन सिंह वैद्यले भन्नुभयो, “नेपालको अटोमोबाइल क्षेत्रका प्रमुख ब्रान्डहरूको सकारात्मक तथा उत्साहजनक सहभागिताले हामीलाई अत्यन्त उत्साहित बनाएको छ। सबै स्टलहरू बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयन चरणमा प्रवेश गर्दैछौं।”

    NAIMA ले नेपालको मोबिलिटी क्षेत्रलाई समुन्नत बनाउने उद्देश्यले रणनीतिक सहकार्य, सरकारी नीतिमा प्रभावकारी पैरवी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको वातावरण निर्माण गर्न निरन्तर प्रयास गर्दै आएको छ।

    Nepal Mobility Expo 2025 ले परम्परागत प्रदर्शनी ढाँचाबाट फरक, नविनतम र आकर्षक शैलीमा उपभोक्तालाई सवारी साधनहरूप्रति आकर्षित गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
    प्रदर्शनीको समग्र व्यवस्थापन Gateway Space Solutions Pvt. Ltd. ले गर्नेछ।
    सहभागी ब्रान्डहरू:
    चार पाङ्ग्रे सवारी ब्रान्डहरू:
    BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr
    दुई पाङ्ग्रे सवारी ब्रान्डहरू:
    Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho
    व्यावसायिक सवारी ब्रान्डहरू:
    Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong
    NAIMA ले सबै सहभागी ब्रान्डहरूलाई धन्यवाद ज्ञापन गर्दै आम नागरिकहरूलाई प्रदर्शनी अवलोकनका लागि हार्दिक आमन्त्रण गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com