जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : सभापति देउवा

जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : सभापति देउवा

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : सभापति देउवा
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल र  पहाड बचाउन जरुरी रहेको बताएका छन् । मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पहाड बचाएर वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका हुन् । 

    उनले भने, “जलवायु परिवर्तन भैइरहेको छ । हामीले हिमाल बचाउन जरुरी छ । पहाड बचाउन जरुरी छ , पहाड बाचे  हाम्रो अस्तित्व पनि बाच्दछ । हामीले  वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने छ । नेपाललाई बढि भन्दा बढि हराभरा बनाएर जलवायु परिवर्तनलाई रोक्न सक्छौँ ।” 

    साथै उनले नेपाल आयातको भरमा टिकेको बताउँदै क्वालिटीमा जानुपर्ने बताए । उनले सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा भएकाले यसमा सरकारले सहयोग गर्ने बताए ।

    उनले भने, “सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो । त्यसैले व्यापारीहरु व्यापार गर्नुस्, उद्योगीहरु उद्योग खोल्नुस्, के के सहयोग चाहिएको हो हामी सहयोग गर्छौं । हाम्रो देश ठूला दुई देशको बीचमा छ । त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ ।” 

    यसैगरी महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनलाई प्राथमिकता राखेको बताए । उनले  कांग्रेस र एमालेले संविधान संशोधन, सुशासन र नेपालको अर्थतन्त्र सुधारको लागि जोखिम उठाउने सम्झौता गरेर सरकार बनाएको बताए ।

    उनले भने, “हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ भन्ने वाचा थियो । त्यही अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौँ । त्यो सामान्य जोखिम हो, त्यो भन्दा ठूलो जोखिम उठाउनुपर्नेछ ।”   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com