चालु खाता २ खर्ब ५५ अर्ब र शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा

चालु खाता २ खर्ब ५५ अर्ब र शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    चालु खाता २ खर्ब ५५ अर्ब र शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्म चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।  

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रहेको थियो । 

    यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटि मात्र) ७ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com