जोशी हाइड्रोपावरले पायो ६५ प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने अनुमति

जोशी हाइड्रोपावरले पायो ६५ प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने अनुमति

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    जोशी हाइड्रोपावरले पायो ६५ प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने अनुमति
    images
    images

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ ।

    मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको कम्पनीलाई सेबोनले सोमबार हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो । सेबोनले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।

    हालको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको पूँजी हकप्रद निष्कासनपछि ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्राप्त हुने पूँजीलाई आयोजनाहरूको निर्माण तथा विकासमा खर्च गर्ने बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com