आज मिति बिक्रम संवत २०८२ साल जेष्ठ २७ गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ जुन १० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, चतुर्दशी तिथी, बिहान ११ः१३ बजेपछि पूर्णिमा, अनुराधा नक्षत्र, साँझ ६ः१२ बजेपछि ज्येष्ठा, आनन्दादिमा–वज्र योग, चन्द्रराशि–वृश्चिक ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक दृष्टिले सावधानी अपनाउनु आवश्यक छ। व्यक्तिगत स्वार्थ र वैराग्य भाव त्यागेर अघि बढ्नुपर्छ। सवारी साधन र सम्पत्तिको प्रयोगमा विशेष ध्यान दिनुहोस्। आलस्य र थकानले काममा कम उपलब्धि ल्याउन सक्छ। अध्ययनमा समय लगाउँदा मात्र सफलता मिल्नेछ। नसोचेको धन लाभ सम्भावित छ। स्वास्थ्यमा सजग रहनुहोस् र गोप्य सूचना सुरक्षित राख्न आवश्यक छ। चुनौतीका बाबजुद शुभचिन्तकको सहयोग र सकारात्मक परिणाम आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार र शेयर बजारमा लगानीबाट मनग्गे आम्दानी हुने छ। लगनशीलता र ईमान्दारिताले दैनिकी परिवर्तन हुनेछ। भौतिक सम्पत्ति र सवारी साधनको सदुपयोगले आम्दानी बढ्नेछ। नयाँ कामको योजना बन्ने सम्भावना छ। वैदेशिक रोजगार र अध्ययनमा सफलता मिल्ने छ। मित्रहरूसँग रमाइलो भेटघाट र प्रेम सम्बन्ध बलियो हुनेछ। प्रविधिको प्रयोगले जनसम्पर्क सुदृढ हुनेछ। यात्रा र आतिथ्यको अवसर पनि जुट्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सत्रु घरमा शुभ चन्द्रमाको गोचरले ऋण, रोग र शत्रुलाई पराजित गरी सफलता दिलाउनेछ। साथीभाइ र इष्टमित्रको सहयोगले व्यवसायमा लगानी बढाएर आम्दानी वृद्धि हुनेछ। न्यायिक मामलामा पक्षमा निर्णय हुनेछ। पढाइमा थोरै मेहनतले राम्रो नतिजा मिल्नेछ। मामा मावलीबाट सहयोग र विशिष्ट व्यक्तिबाट सम्मान प्राप्त हुनेछ। व्यापारमा धैर्य र मेहनतले सफलता मिल्नेछ। ईर्ष्या र प्रतिस्पर्धाबाट सतर्क रहनुहोस्। आकस्मिक खर्च र दाबी हुन सक्ने सामानमा ध्यान दिनुपर्छ। बुद्धिमानीपूर्वक प्रयास गर्दा लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक व्यक्तित्वले सबैको मन जित्नेछ। पढाइ लेखाइमा अग्रता हासिल हुनेछ। भौतिक र मानव स्रोत प्राप्ति सम्भव छ। सन्तानको प्रगति मनलाई खुशी बनाउनेछ। शिक्षा र शेयर बजारमा लगानीले लाभ दिनेछ। माया प्रेम र जीवन साथीको सहयोगले सफल काम हुनेछ। नयाँ काम अघि विश्वासपात्रको सल्लाह लिनुहोस्। शुभचिन्तकको साथ र लगनशीलताले प्रगति सुनिश्चित हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन र बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायक हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरेलु समस्याले तनाव दिनेछ र आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्त र नजिकका मानिसहरूले काममा अवरोध ल्याउन सक्छन्। पढाइमा प्रगति सुस्त हुनेछ। कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ। प्रेम सम्बन्धमा सामान्य मनमुटाब हुनेछ। राजनीतिक रूपमा समय मध्यम छ। फजुल खर्चबाट बच्नुपर्छ। रोकिएका कामहरू पुनः सुरू हुनेछन्। व्यक्तिगत गोपनीयता कायम राख्न आवश्यक छ। परिवारलाई समय दिने र लगनशीलताले प्रतिष्ठा र लक्ष्य प्राप्ति सम्भव छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साहसी र पराक्रमी क्रियाकलापले नाम र दाम दुवै कमाउन सकिनेछ। अदालतबाट न्याय पक्षमा मिल्नेछ। लेखन, कला, साहित्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। अनलाइन व्यापार, शेयर बजार र उद्योगमा लगानीले नाफा दिनेछ। विशिष्ट व्यक्तिबाट सम्मान र सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सामाजिक संगठनमा सहभागी हुने मौका मिल्नेछ। आफन्तहरूको सहयोगले नयाँ आशा जगाउनेछ। तर, केही काम रोकिन सक्छन् र अरूले फाइदा उठाउन सक्छन्। बलजफ्तीले समस्या ल्याउन सक्छ। नियमित मेहनतले काम सफल हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार र शेयर बजारमा लगानी बढाएर मनग्गे धन आर्जनको सम्भावना बढाउनेछ। सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ र आफन्तको सहयोग मिल्नेछ। ज्ञान, कला, साहित्यमा प्रगति हुनेछ र बौद्धिक अभिव्यक्तिले मन जित्नेछ। परिवारसँग रमाइलो यात्रा र प्रेम सम्बन्धमा पनि सुखद समय रहनेछ। यात्रा र अवसरहरू आए पनि काम पूरा गर्न समय लाग्न सक्छ। गोपनीयता कायम राख्न ध्यान दिनुहोस्। शुभचिन्तकको साथ र लगनशीलताले सफलताको बाटो खोल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक वातावरण उल्लासमय रहनेछ र महँगो, बिलासी वस्तु प्रयोग गर्ने मौका मिल्नेछ। राजनीति र सामाजिक कार्यमा जनताको समर्थन पाइनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर छ। अनलाइन व्यापार र नयाँ प्रविधिद्वारा आम्दानी वृद्धि सम्भव छ। कार्यक्षेत्रमा लगातार अवसर हात लाग्नेछन्। कृषि र पशुपालनबाट राम्रो आय हुनेछ। घरपरिवारको सहयोग पाइनेछ। जीवनशैली व्यस्त भए पनि प्रतिष्ठित कामले नाम र दाम कमाउने समय हो। बिछोडिएका आफन्तसँग भेट हुनेछ। फजुल खर्च र खानपानमा सावधानी अपनाउनुपर्छ। अद्यावधिक ज्ञान अभावले काममा केही पछि परिन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक खर्च र औषधी खर्च बढेर स्वास्थ्यमा असर पर्न सक्छ। पढाइमा मन नलाग्दा पछि पर्न सकिन्छ। व्यापारमा समय दिएर मात्र लाभ हुनेछ। अग्रज र आफन्तसँग मनमुटाब हुन सक्छ। विदेश यात्रा सम्भावना बलियो छ। आफन्तसँग रमाइलो जमघटले मन प्रसन्न बनाउनेछ। पिताको सहयोगले काममा फाइदा हुनेछ। आर्थिक रूपमा सबल रहनेछ। खर्च भए पनि लगानी बढाउने मौका छ। दिगो योजनाका लागि ऋण लिनु उपयुक्त छ। दौडधुपले अवसर खोज्नुपर्नेछ। यात्रा अघि बढ्नेछ। छरछिमेकमा असमझदारी भए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकको साथले कर्जा बढे पनि धन प्राप्ति हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनलाइन व्यापार र शेयर लगानीले आर्थिक स्थिति बलियो हुनेछ। सीमित स्रोतबाट आवश्यकताहरू पूरा हुनेछ। माया प्रेममा मजबुती आउनेछ। पढाइमा राम्रो नतिजा मिल्नेछ। पैतृक सम्पत्तिको सदुपयोग हुनेछ। सामाजिक सञ्जाल र प्रविधिबाट विचार प्रवाह हुनेछ। व्यापारमा दिगो लाभ हुने काम सुरु हुनेछ। सानो प्रयासले ठूलो सफलता मिल्नेछ। आम्दानी बढ्नेछ र श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काम बन्नेछन् र जिम्मेवारी बढ्नेछ। साझेदारीबाट फाइदा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनीति र समाजसेवामा सक्रिय भई मान–सम्मान बढ्नेछ। व्यापार र शेयर लगानीले मन प्रसन्न हुनेछ। माया प्रेम कसिलो भई परिवारसँग मिष्टान्न भोजन हुनेछ। पढाइमा कम समयमा राम्रो नतिजा प्राप्त हुनेछ। साहित्य र कलामा सफलता मिल्नेछ। नयाँ निर्णय अघि परिवारसँग सल्लाह लिनुहोस्। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। मिहिनेतले व्यावसायिक चुनौती हटाउनेछ। तत्काल लक्ष्य नपाए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थीबाट सावधान रहनुहोस्। उपलब्धिका लागि त्याग आवश्यक हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक कार्यमा रुचि बढ्नेछ र धार्मिक यात्रा हुनेछ। आज गरिने व्यापार, शेयर लगानीबाट राम्रो नाफा कमाइनेछ। अनुसन्धानमा प्रगति हुनेछ। विशिष्ट व्यक्तिसँग सम्मान पाइनेछ। प्रेममा रमाइलो यात्रा हुनेछ। नयाँ काम सुरु गर्ने समय राम्रो छ। मिहिनेत र भाग्यले सफलता दिलाउनेछ। टाढाका मित्र नजिकिनेछन्। सामाजिक सहयोग प्राप्त हुनेछ। प्रतिष्ठा र नाम कमाइनेछ।