आईएमआर, आईआरआईएस प्रमाणपत्र प्राप्त गर्ने विश्वकै अग्रणी संस्था बन्न सफल

आईएमआर, आईआरआईएस प्रमाणपत्र प्राप्त गर्ने विश्वकै अग्रणी संस्था बन्न सफल

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • images
    images
    आईएमआर, आईआरआईएस प्रमाणपत्र प्राप्त गर्ने विश्वकै अग्रणी संस्था बन्न सफल
    images
    images

    काठमाडौँ / इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट (आईएमआर) हालसालै अन्तर्राष्ट्रिय भर्ती अखण्डता प्रणाली (आईआरआईएस)अन्तर्गत प्रमाणिकरण भएको छ । 

    सोमबार पत्रकार सम्मेलन गर्दै आईएमआरले यस्तो गौरवशाली सम्मान प्राप्त गर्ने विश्वभरका श्रमिक भर्नाकर्ता संस्थाहरूमध्ये आईएमआर एक भएको जनाएको छ । 

    आईएमआरका प्रबन्ध निर्देशक वाइ. बी. राईले (आईआरआईएस)प्रमाणपत्र प्राप्त गर्ने विश्वका अग्रणी श्रमिक भर्नाकर्ता संस्थाहरूमध्ये एक हुन पाउँदा अत्यन्त गौरवान्नित महशुस भएको बताए । 

    उनले भने, “आईआरआईएस प्रमाणपत्र प्राप्त गर्ने विश्वका अग्रणी श्रमिक भर्नाकर्ता संस्थाहरूमध्ये एक हुन पाउँदा हामी अत्यन्त गौरवान्नित छौं । यस उपलाब्धिले वैदेशिक रोजगारीमा जान चाहने नेपली श्रमिकहरूका लागि सुरक्षित, लाभदायक तथा सम्मानित वैदेशिक रोजगारीका अवसरहरू सुनिश्चित गर्न स्वच्छ भर्ना प्रक्रिया प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण मुलुकका रूपमा नेपाललाई विश्वमञ्चमा परिचित गराउन योगदान दिन सदा प्रयासरत रहने छौँ ।”

    आईएमआरले आप्रवासन सम्बन्धी विश्वव्यापी सम्झौता अन्तर्गतको उद्देश्य ६ लगायतको स्वच्छ भर्ना प्रक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय बहसमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता समेत जनाएको छ । 

    आईएमआरले २०१८ मा श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाताले व्यहोर्ने प्रणाली अन्तर्गत पूर्णरूपमा न्यायोचित र नैतिक श्रमिक भर्ना प्रक्रिया अपनाएदेखि हालसम्म १८ हजार भन्दा बढी नेपाली श्रमिकहरूलाई कुनै पनि शुल्क नलिई वैदेशिक रोजगारीमा पठाइसकेको समेत दाबी गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com